सभापतिमा कर्ण र जैरु निर्विरोध


७ आश्विन २०७५, आईतवार
sava

काठमाडौं, ७ असोज । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएका छन् ।

sava

समितिको आजको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए । प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गरेका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

नव निर्वाचित सभापति जैरुले निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सांसदलाई धन्यवाद दिंदै समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरे । संघीय संसद् संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ अनुसार समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्ने प्रावधान रहेको संसद् सचिवालय कानून महाशाखा प्रमुख सहसचिव अर्जुनकुमार खड्काले बताए । हाल समितिमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रियसभाबाट तीन गरी १४ सांसद रहेका छन् ।

यता संसदीय सुनुवाइ समितिमा भने ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका छन् । समितिको आजको बैठकमा सांसद अमृता थापाले उनको नाम प्रस्ताव गरेकी थिइन् ।

सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गरेका थिए । नव निर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७