भूल्नै नसकिने त्यो दुःखद क्षण…


७ आश्विन २०७५, आईतवार
42340509 699147767114010 4037669970098782208 n lhcJ6n1pv4

काठमाडौं, ७ असोज । विसं २०६३ असोज ७ गते मुलुकका लागि निकै दुःखद क्षण बन्यो । राष्ट्रको होनहार बहुआयामिक व्यक्तित्व वरिष्ठ भूगर्भ्विद्, संरक्षणविद् तथा योजनाकार डा. हर्क गुरुङको भौतिक शरीर भूगोलमै विलिन हुनपुग्यो ।

42340509 699147767114010 4037669970098782208 n lhcJ6n1pv4

यो केवल एउटा व्यक्तिको मृत्यु मात्र थिएन राष्ट्रको अमूल्य गहना हरण भएको क्षण थियो । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा डा. गुरुङसहित स्वदेशी तथा विदेशी २४ भूगर्भ्विद्, वातावरण एवं वनस्पतिविद्लाई गुमायौँ ।

डा. गुरुङसहित महत्वपूर्ण व्यक्तिको निधन भएको आज १२ वर्ष पुगेको छ । सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनका अनेकनस्वरुप देखापरे तर पनि उनी जस्तो मूर्धन्य व्यक्तिको अभाव अझै खड्किएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्ययन अनुसन्धान र विकासको अवधारणालाई सही अर्थमा प्रयोग गर्ने डा. गुरुङको निधनले नेपाललाई ठूलो क्षति पुगेको बताउँछन् । ‘आजको अवस्थामा पनि उहाँको अभाव खड्किएको छ’, मन्त्री अधिकारीले भने ।

‘डा गुरुङका अध्ययन अनुसन्धान समाजलाई नै उथलपुथल पार्ने हुन्थे । सामाजिक, भूराजनीतिक पाटोलाई बुझेको व्यक्ति हुनुहुन्थ्यो, अध्ययनको बहुआयामिक र ज्ञानको गहिराइले राष्ट्रको योजनाबद्ध विकासमा पारेको प्रभावले नै आज उहाँ हर्क गुरुङको पहिचानका साथ अविस्मरणीय बन्नुभएको छ’, उनले भने ।

नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रका ११ भन्दा बढी निजी संघ संस्थाको संयुक्त आयोजनामा आज भएको ‘डा. हर्क गुरुङ स्मृतिसभा’ का अवसरमा बोल्दै मन्त्री अधिकारीले डा. गुरुङको अध्ययन अनुसन्धानलाई समाज रुपान्तरणमा समाहित गराउन सके मात्र उहाँप्रति सच्चा श्रदाञ्जलि हुने उल्लेख गरे । उनले भने, ‘डा. गुरुङले पर्यटनको जग तयार गर्नुभयो । पर्यटन विकासको रेखा कोर्ने पर्यटन ऐन बनाउनु भयो ।

त्यसैको आधारमा नेपालको पर्यटन यहाँसम्म आइपुगेको छ, अब, समय सापेक्ष ऐनलाई सुधार्नुपर्ने भएकाले पूराना राम्रा विषयलाई समेत समेटेर अबको ६ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याउने छौं ।’ मन्त्री अधिकारीले राष्ट्रका लागि योगदान दिएको महत्वपूर्ण व्यक्ति डा. गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा ट्रेकिङ एजेञ्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले भूगोलविद् तथा योजनाकारको रुपमा मात्र नभई नेपालको पर्यटनको आधारस्तम्भ तयार गरी नेपालको भूगोल र पर्यटनलाई विश्वमा चिनाउन डा. गुरुङको महत्वपूर्ण योगदान रहेको भन्दै उनका सकारात्मक कामलाई अनुशरण गर्नसके मात्र उनीप्रति सच्चा सम्मान हुने उल्लेख गरे ।

गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, परिषद्कै सल्लाहकार एवं स्व डा. हर्क गुरुङका आफन्त खड्ग गुरुङ, प्राध्यापक बालकृष्ण माबुहाङलगायतले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका डा. गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारलाई आग्रह गरे । मुलुकको सर्वा्ङ्गिण विकासका लागि पाँच विकास क्षेत्रको अवधारणा र विकासको योजनाकारको रुपमा पनि स्व गुरुङलाई लिइन्छ ।

विसं १९९५ पुस २१ गते लमजुङको तत्कालीन बाहुनडाँडा गाविस–२ नाइँचेस्थित मामाघरमा उनको जन्म भएको थियो । सोही गाविस– ५ ताङलिचोक घर भएका बुबा परसै गुरुङ र माता मैस्यो गुरुङको कोखबाट उनको जन्म भएको थियो ।

बहु प्रतिभाशाली व्यक्ति डा. गुरुङ भूगोलविद्, योजनाकार, वरिष्ठ लेखक, चित्रकारका रुपमा परिचित थिए । राष्ट्रिय मात्र हैन अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाएका डा. गुरुङ दूरदर्शी, सरल र मृदुभाषी थिए ।

मुलुकको पहिलो पर्यटनमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका उनले नेपालको पर्यटनको जग बसाली पर्यटन ऐन ल्याएर पर्यटनलाई अहिलेको अवस्थामा डो¥याएका थिए ।

तत्कालीन राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुरुङले नेपालको योजनावद्ध विकास, प्रकृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पुर्‍याएका छन् ।

उनले एसिया प्यासिफिक डेभलपमेन्टको कार्यकारी निर्देशक भएर पाँच वर्ष मलेसियाको राजधानी क्वालालम्पुरमा काम गरेका थिए । गुरुङका विभिन्न विषयका करीब छ सय कृति प्रकाशित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७