आलुको बोरामा एक करोड १४ लाख भेटिएपछि…


७ आश्विन २०७५, आईतवार
indian rupee2

कैलाली, ७ असोज । कैलालीको भजनी नगरपालिका–३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एक जना पक्राउ परेका छन् ।

indian rupee2
सांकेतिक तस्विर : गुगल

लम्कि चुहा नगरपालिका–१ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको जनाएको छ । से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले जानकारी दिएका छन् ।

उनले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताए । डीएसपी सिंहका अनुसार १ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ पक्राउ गरिएको हो । पक्राउ परेका जैसी लम्किका व्यापारी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७