आइएमईको ‘दसैँमा बीस लाख’ योजना सार्वजनिक


७ आश्विन २०७५, आईतवार
1537699526ime

काठमाडौं, असोज ७ । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले दसैँ, तिहार र छठलाई लक्षित गर्दै प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैँमा बीस लाख’ योजना ल्याएको छ।

असोज ७ गतेदेखि सुरु भई मंसिर मसान्तसम्म लागू हुनेगरी आएको योजनामा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने आइएमईले जनाएको छ।

योजना अवधिभर ट्रान्जेक्सन गर्नेलाई आइएमईको सफ्टवेयर पद्वतिमा आवद्ध गराई ‘लक्की ड्र’ बाट विजेताहरु छनौट हुने कम्पनीले जनाएको छ।

आइएमईका अनुसार छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशालीले ‘आइएमई पे’ मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १० हजार रुपयाँ नगद, हरेक महिना १ जनालाई १ लाख नगद तथा बम्परमा १ जनालाई
२० लाख प्रदान गरिनेछ।

‘लक्की ड्र’ बाट छानिएका विजेताको सफारिस बमोजिम आफन्तलाई पुरस्कार प्रदान हुने बताइएको छ।

सेवा लिनेले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्।

कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्म आउँदा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टर संचालनमा ल्याएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७