चुम्वन गर्दा श्रीमतीले जिब्रो नै चट्ट चुँडाई दिएपछि…


८ आश्विन २०७५, सोमबार
kksk 1

काठमाडौं, ८ असोज । बाँच्नु पर्छ, नसोचेको कुरा सुन्नु र देख्नु पर्छ । यस्तै एउटा अनौठो खबर छ । त्यो हो, श्रीमतीलाई चुम्वन गर्दा श्रीमतीले जिब्रो नै टोकेर चट्ट चुँडाई दिएको ।

kksk 1

भारतको राजधानी नयाँ दिल्लीमा एउटा अनौठो घटना घटेको छ। दिल्लीको रनहोला क्षेत्रमा एक महिलाले आफ्ना श्रीमानको जिब्रो टोकेर गम्भीर घाइते पारिदिएको खबर भारतीय मिडियाले जनाएका छन् ।

ती महिलाले चुम्बन गर्नुको साटो श्रीमानको जिब्रो टोकेर घाइते बनाई दिएकी हुन् । ती महिला आठ महिनाकी गर्भवती थिइन्। श्रीमतीबाट चुम्बनको बदला सजाय पाएका ती श्रीमानको अस्पतालमा शल्यक्रिया भएको खबर आजतकले लेखेको छ ।

श्रीमानबाट बेखुश ती महिलाले रिस फेर्न त्यसो गरेको हुनसक्ने समाचारमा जनाइएको छ। समाचारमा जाइएको अनुसार उनीहरूबीच झगडा भइरहन्थ्यो र, त्यसको कारण थियो- लोग्नेको रुप। श्रीमतीका नजरमा उनी सुन्दर थिएनन् । प्रहरीका अनुसार श्रीमान र २२ वर्षीया गर्भवती श्रीमतीबीच घटना हुँदाको दिन पनि झगडा भएको थियो ।

उनीहरूबीचको त्यसदिनको झगडा संझौतामा टुंगिएको थियो र श्रीमानले श्रीमतीलाई चुम्बन गर्न खोजेका थिए । तर अचानक परिस्थिति अर्कै बन्यो जब ती महिलाले चुम्बनका बदला श्रीमानको जिब्रो नराम्रोसँग टोकिदिइन् । काटिएको जिब्रोको दिल्लीको सफदरजंग अस्पतालमा शल्याक्रिया भएको छ ।

जिब्रोको शल्यक्रिया भएपनि उनी बोल्न सक्छन् वा सक्दैनन्, यसबारे चिकित्सकसँग पनि जवाफ छैन किनभने घाउ निकै गम्भीर भएको छ र शल्यक्रियाका क्रममा उनको जिब्रो नै काट्नुपरेको छ ।
पीडितका बाबुले प्रहरीलाई खबर गरेपछि जिब्रो टोक्ने श्रीमती पक्राउ परेकी छन् । उनीहरु २० नोभेम्बर २०१६ मा विवाह बन्धनमा बाँधिएको खबरमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७