हेमराज राईको नेतृत्वमा ‘हङकङ–नेपाली ब्याडमिन्टन संघ’
हङकङ । हङकङ नेपाली ब्याडमिन्टन संघको चौथों अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमराज राईको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।
जोर्डनस्थित नयाँपेजको कार्यकक्षमा आइतबार सम्पन्न अधिवेशनले राईको नेतृत्वमा सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष राई यसअघि सचिव थिए ।
समितिमा शुभराज राई वरिष्ठ उपाध्यक्ष, विष्णु थापा उपाध्यक्ष, कमानध्वज लावती सचिव, सञ्जीव राई कोषध्यक्ष, किरण राई सहसचिव र शाङ्बु शेर्पा सहकोषध्यक्षमा चयन भए । यसैगरी सदस्यहरुमा मिलन राई, विशाल राई, तृर्णा राई, युवराज गुरूङ, देवराज सुनुवार र प्रवीण कुमार पुन चयन भएका छन् ।
सन् २०११ मा स्थापित ‘हङकङ–नेपाली ब्याडमिन्टन संघ’ हङकङमा रहेर ब्याडमिन्टन खेलमा क्रियाशिलहरुको साझा संगठन हो । हङकङमा नेपाली समुदाय माझ ब्याडमिन्टन निकै लोकप्रिय छ । स्वास्थको लागि निकै उपयोगी खेल भएको कारण युवादेखि बृद्धसम्म यो खेलप्रति आकर्षित छन् ।
अध्यक्ष राईले हङकङ ब्याडमिन्टन एसोसिएसनमा समेत सदस्य बनेर त्यसबाट प्राप्त सेवा सुविधा लिने योजना रहेको उनले बताए । नेपालका राम्रा खेलाडीलाई समेत केही अवसरको व्यवस्था मिलाउन पुलको काम गर्ने समेत उनले भनाई छ ।