‘लर्निङ्ग कर्भ’ मा उभिएको ओली सरकार


१० आश्विन २०७५, बुधबार
rajendra aryal 2

–राजेन्द्र अर्याल

उत्सुकता छिटै सकिन्छ र आफ्नो रगत चुस्ने कीरा पलाउन थाल्छ । त्यो कीरालाई आफ्नो पूर्णतया रगत चुस्न दिएपछि आफै मर्छ । त्यसपछि मात्र सफलता प्रारम्भ हुन्छ ।’

महान वैज्ञानिक ‘थोमस एल्भा एडिसनको’ यो भनाइको तात्पर्य रगत चुस्ने कीरा भनेर काम गर्दा एकपटक अकल्पनीय दुःखको सामना गर्नुपर्छ तब मात्र सफलता प्राप्त हुन्छ, त्यो सफलतामा वेग्लै आनन्द आउँछ ।

हो त्यस्तै अकल्पनीय तर, संगठित र नियोजित ढङ्गले केपी शर्मा ओलीमाथि र ओली नेतृत्वको सरकारमाथि अहिले विभिन्न जोड, कोण र सोचबाट चौतर्फी हमला भइरहेको छ । ओली बोले कि चारैतिरबाट आक्रमण भइहाल्छ । होला सरकारले पनि जनताले चाहे अनुरुप तत्कालै देखिने गरी काम गर्ने सन्दर्भमा केही कमी–कमजोरी गरेको होला ।

तर, अपराधै चाँही गरेको देखिंदैन । यो सरकारको परिणामका सन्दर्भमा खोट लगाउन सकिएला तर, सरकारले देशलाई विकास र समृद्घ पार्ने एजेण्डामा प्रस्तुत गरेका नीति तथा कार्यक्रम र प्रधानमन्त्री ओलीले अघि सारेका र लिएका कुटनीतिक, विकास र समृद्घिसम्वन्धी भिजन भने दूरदृष्टि नै छ ।

लामो समयदेखि गिजोलिएको र संक्रमणकालीन राजनीतिक अवस्थाको ब्यवस्थापन त्यति सहज र चानेचुने कुरा होइन । निराशाको कालो बादल मडारिरहेको नेपाली समाजको मनोदशाबीच आशा फैलाउने सपना देखाउने कामदेखि भू–राजनीतिको भूमरीको सामना गर्दै आएको नेपाललाई स्वतन्त्र, असंलग्न र सन्तुलित ढङ्गले भूमरीबाट बाहिर निकाल्ने गरिएका कदम ओलीले चालेका छन्, जुन प्रशंसनीय मान्नु पर्छ ।

थोमस एल्भा एडिसनले भने जस्तै ‘हामी विकासको प्रारम्भिक सिकाइमा छौं । पहिलो अभ्यासमा छौं । अपेक्षाहरु बढी छन् । तर, अहिले आत्तिहाल्नु पर्ने अवस्था छैन ।’ ओली सरकारप्रति जनताको अगाध विश्वाससँगै निकै ठूलो अपेक्षा पनि छन् । सरकारले छिटो भन्दा छिटो डेलिभरी दिओस् भन्ने छ ।

जसरी भोकाएको मान्छे खाना पाकुञ्जेलसम्म पनि पर्खन हतार भइरहेको हुन्छ । जनताको चाहना अनुसार काम भइरहेको छ कि छैन ? यो सरकारले सोच्ने कुरा हो । तर, देश विकास र समृद्घि यात्रातर्फको डिपार्चर चाँहि ओली सरकारका नीति तथा कार्यक्रमले गरेको देखिन्छ । ओली सरकारले समाजमा ब्याप्त समस्याको पहिचान गरेको छ ।

६ महिनाकै अवधिमा समस्याको पहिचान गरिसकेको छ । रोगको पहिचान भइसकेपछि अब उपचार शुरु गर्न ढिलो गर्नु हुँदैन । रोग धेरै पूरानो छ र गम्भीर पनि । कतिपय अवस्थामा रोग सामन्य ओखती मूलोले ठिक हुन्छ भने त्यतै लागौं, होइन क्यान्सर नै लागेको छ भने अप्रेसन गर्नुपर्छ भने गर्नुपर्छ । त्यसका लागि नेतृत्वले एक कदम अधि बढेर नै पहल लिनु पर्छ ।

ओखती मूलोले ठिक हुँदैन भने अप्रेसनको विकल्प रहँदैन । क्यान्सर हुँदा दुःख हुन्छ, अङ्गभङ्ग पनि हुनसक्छ, रगत बग्छ तर शरीरको अर्को भागमा सर्दैन, क्यान्सर लागेको भागको अप्रेसन नै गर्ने हो । अप्रेसन गर्दा धेरै दुख्छ नै तर, अप्रेसन गर्ने डाक्टर निर्मम बन्नै पर्छ ।

हो, अहिले सरकार विकास र समृद्घिको यात्रामा अधि बढ्दा त्यस्का बाधक ऐजेरुहरुको अप्रेसन गर्न खोज्दा सलवलाहट र छटपटी देखिएको छ । कुनै गाह्राे काम गर्दा आज धेरै कठिन हुन्छ, अवरोध ठाउँ–ठाउँमा हुन्छ । भोलि झन् कठिन हुन्छ ।

त्यसो हुँदा पनि आफ्नो लक्ष्य प्राप्तिका निम्ति अविचलित ढङ्गले अधि बढियो भने पर्सिदेखि सहज परिस्थिति निर्माण हुन्छ । यो सरकारको लक्ष्य भनेको समृद्घि नेपाल, सुखी नेपाली हो । शुरुमा सबै काम गर्दा असाध्यै गाह्राे हुन्छ । कठोर परिश्रम र दुःखबाट गुज्रिएपछि मात्रै आनन्द लायक दिनहरु आउँछन् ।

भनिन्छ–मसलाको स्वाद चाख्न कसला काट्नु पर्छ । कुनै पनि सफलता प्राप्त गर्न कठिन चरण पार गर्नै पर्छ, कठिन चरणमै भागेर लक्ष्य प्राप्ती हुन सक्दैन । कठिन चरण पार गरेपछि आनन्द महसुस हुन्छ यो नै सफलताको आधार हो । यो सरकार पनि अहिले कठिन चरणमा छ ।

यो बेला अहिलेसम्म नेपाल र नेपालीलाई विभिन्न रुप र ढङ्गबाट चुसिरहेका तथा नेपाललाई विकास हुन नदिने मनसाय बोकेकाहरु संगठित ढङ्गले हमला गर्छन् नै तर, सरकारले उनीहरुलाई जनमुखी र जनपक्षीय काम गरेर देखाउनु पर्छ । तब उनीहरुलाई जनताले नै परास्त गर्दछन् ।

महान वैज्ञानिक थोमसले भने जस्तै अहिले रगत चुस्ने कीराहरु सलबलाइरहेका छन् सरकारले देश विकास र समृद्घिको यात्रामा कदम अधि बढाउँदा यस्ता कीराहरु सलबलाउनु स्वभाविक हो । यो बेला यस्ता कीराहरुलाई मार्दै अघि बढ्नुको विकल्प छैन ।

तसर्थ सरकारका सामु अहिले एक हिसावले अकल्पनीय ढङ्गले आक्रमण भइरहेको छ । भोलिका दिनमा यो आक्रमण अझ नियोजित र पेचिलो ढङ्गले आउने छ । त्यसको सामना गर्न सरकारको बलियो तयारी हुन आवश्यक छ । अंग्रेजीमा ‘लर्निङ्ग कर्भ’ भन्ने शब्दावली छ, कुनै कुरा सिक्दा एउटा यस्तो हुन्छ, जहाँ अत्यधिक गाहाे समय आउँछ भन्ने बुझाउँछ यसले ।

लर्निङ्ग कर्भको अर्थ जस्तो सरकारका लागि अहिले अग्नि परीक्षा हो । यो परीक्षामा श्रेष्ठता हासिल गर्ने गरी आफ्ना काम कार्वाहीलाई अधि बढाउनु पर्छ । अहिले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने बेला हो ।

हामी यो चरणमा नपुगी भएन, सकिएन वा परिस्थिति अनुकूल भएन भनेर बीचमै छाडिदिन्छौं । यसो गरेमा सफलता हासिल हुन सक्दैन । केही गरेर देखाउँछु भनेर संकल्प गरिसकेपछि जस्तोसुकै कठिन परिस्थिति आए पनि त्यसको डटेर सामना गर्दै अघि बढे मात्र सफलता प्राप्त गर्न सकिन्छ ।

लर्निङ्ग कर्भको अर्थ जस्तो सरकारका लागि अहिले अग्नि परीक्षा हो । यो परीक्षामा श्रेष्ठता हासिल गर्ने गरी आफ्ना काम कार्वाहीलाई अधि बढाउनु पर्छ । अहिले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने बेला हो ।

नानयाङ्ग विश्वविद्यालयका प्राध्यापक ग्यारी लिटले भने जस्तो देशको समृद्घिका लागि कहिले काँही सरकारले अलोकप्रिय निणर्य पनि गर्नुपर्ने हुन्छ, कहिलेकाँही गल्ती पनि हुनसक्छ तर, सरकारले जवाफदेहिता जनतासामु प्रस्तुत गरेर आफ्ना नागरिकलाई विश्वास भने दिलाउन सक्नुपर्छ ।

ओली सरकारले त्यस्ता अलोकप्रिय निर्णय त गरेको छैन । तर, गरेका राम्रा कार्यको सन्देश प्रवाह गर्न पनि सकिरहेको छैन । नीति नियम निमार्णमा बढि केन्द्रित हुनुपर्ने परिस्थिति सरकारका सामु छँदैछ । प्रधानमन्त्री दैनिक १८ घण्टा खटेको समाचारहरु हेर्न र सुन्न सकिन्छ ।

तर, ओली सरकारका मन्त्रीहरु कसरी काम गरिरहेका छन् र के परिणम निस्किरहेको छ ? जनता वेखबर छन् । यस सन्दर्भमा सूचना र समन्वयको अभाव देखिन्छ । सरकारका आलोचकहरु नियोजित र प्रायोजित ढङ्गले प्रचार युद्घमा उत्रँदा सरकार अफेन्सिभ होइन डिफेन्सिभ भइरहेको छ, किन ? यस्को जवाफ खोज्नु पर्ने बेला आएको छ ।

आखिर किन यस्तो भइरहेको छ ? कतिपयलाई चीनतिर पारवाहन सम्बन्ध विस्तार गरेको मन परेको छैन, कतिपयलाई २ नम्बर विकासमा कायापलट गर्ने तथा देशकै अनुहार बदल्ने राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ निर्माण हुन लागेको मन परेको छैन । कतिपयलाई देश स्थिरता र विकासमा अघि बढेकोमा छटपटाहट देखिएको छ, कतिपयलाई नेपालको संक्रमण टुङ्गिएकोमा भत्भती पोलिरहेको छ ।

त्यसैले सानो निहुँ पाउना साथ सरकारलाई बदनाम र कमजोर पार्ने गरी भ्रमपूर्ण र अपुष्ट समाचारको बाढी नै आउने गरेको छ । यसतर्फ सत्य–तथ्य सरकारको प्रतिबाद फितलो देखिन्छ । नेपालीको महान चाड दशैं नजिकिंदै गर्दा जनजीविकाका सवालमा सरकार संवेदनशिल बन्नु पर्दछ ।

सरकार भनेको केवल प्रधानमन्त्री केपी शर्मा ओली मात्र हो भन्ने वुझाइको विकास भएको पाइन्छ । सबै कुराको जस–अपजसको भारी अन्त्यमा बोक्ने त प्रधानमन्त्रीले नै हो तर, सरकार भनेको मन्त्रीहरु पनि होलान्, कर्मचारीतन्त्र होला उनीहरुले कसरी काम गरिरहेका छन् त भन्ने पनि एउटा पक्ष होला ।

यस सन्दर्भमा सकारात्मक आलोचना ग्रहण गर्न सक्नु पर्छ र साँच्चीकै अघि बढ्नु पर्छ तर, न त हामी प्रधानमन्त्री ओलीलाई खुईल्याएर कहीं पुग्छौ वा ठूलो मान्छे हुन सक्छौ न त देवत्वकरण गरेर नै हामी लक्ष्य हासिल गर्न सक्छौ ।

विश्व दुनियाँमा नेपाल जस्तो देश आज कहाँ पुगेको छन् त्यसबाट पनि हामीले सिक्नु पर्छ । मलेसियाको विकासमा महाथिर, सिङ्गापुरको समृद्घिमा लि क्वान यु, इण्डोनेसियाको आर्थिक विकासमा सुकार्नेको योगदानबाट हामीले शिक्षा लिनुपर्छ ।

यो दुवै अतिवादले कसैको हित गर्न सक्छ ? यो दुवै अतिवादले कसैको हित गर्न सक्दैन । कार्यकर्ता वा नागरिकले परिणाम देखाउने गरी काम होस् भन्ने मनसायका साथ गर्ने आलोचनालाई सरकारले सकारात्मक र मार्गदर्शनका रुपमा लिनुपर्छ । किनकी हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छौ ।

जे होस् ओली सरकार गठनका बेला सरकारको ग्राफ उच्च विन्दुमै थियो । अहिलेको अवस्था कस्तो छ ? किन यस्तो स्थिति देखा पर्‍यो यी कुराको गम्भिर ढङ्गले समीक्षा गर्दै अघि बढ्नु पर्दछ । विश्व दुनियाँमा नेपाल जस्तो देश आज कहाँ पुगेको छन् त्यसबाट पनि हामीले सिक्नु पर्छ । मलेसियाको विकासमा महाथिर, सिङ्गापुरको समृद्घिमा लि क्वान यु, इण्डोनेसियाको आर्थिक विकासमा सुकार्नेको योगदानबाट हामीले शिक्षा लिनुपर्छ ।

हामीलाई अहिले सिङ्गापुरको लि क्वान, मलेसियाको महाथिर वा इण्डोनेसियाको सुकार्नो जस्तो नेपाल विकासलाई कायापलट गर्ने रोलमोडल राजनेताको जरुरी छ । त्यो राजनेता धेरैको नजरमा केपी शर्मा ओली परेका छन् ।

त्यसैले यो अवसरबाट चुक्न दिनु हुँदैन । नेपालको संविधानले नेपाललाई समाजवाद उन्मुख राष्ट्र बनाउने संकल्प गरेको सन्दर्भमा प्रधानमन्त्री ओली समृद्घ नेपाल, सुखी नेपालीको नारालाई सफल पार्न कमी–कमजोरी हटाउँदै अघि बढ्नुको विकल्प छैन ।

किनकी यो सरकार दुई तिहाई जनमत प्राप्त वामपन्थीहरुको सरकार हो । यसमा देशकै भविष्य निर्भर छ । यद्यपी गुमेको शक्ति हत्याउन विभिन्न भ्रम, त्रास, जालझेल तिकडम र षड्यन्त्र भइरहन्छन् यसमा सचेत रहन जरुरी छ ।

स्वभावका हिसावले प्रधानमन्त्री, ओली कतिपयका लागि अप्ठ्यारा र हठ्ठी ब्यक्ति पनि हुनसक्छन् तर, नेपाल र नेपालीको हित बाहेक उनको कुनै अन्तर्य छैन । दूरद्रष्टा, स्वप्न द्रष्टा, विकासप्रेमी, राष्ट्रवादी, परिणाममुखी र विकासप्रति स्पष्ट धारण भएका नेताका रुपमा परिचित प्रधानमन्त्री ओलीबाट धेरैले आशा गरेका छन् ।

अब ओली नेतृत्वको सरकारले बोलेर होइन गरेर देखाउने बेला आएको छ । अर्थात अब जनताले परिणामबाट सुखानुभूति गर्न पाउनु पर्छ । यसैमा नेकपाका नेता तथा कार्यकर्ता र समग्र नेपालीको भविष्य निर्भर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७