‘ठमेल सडक महोत्सव’ हुँदै, रेस्टुरा डिस्काे क्लबहरुमा २० प्रतिशत छुट


१० आश्विन २०७५, बुधबार
samir gurung

काठमाडौ, १० असोज । ३९ औं विश्व पर्यटन दिवसको अवसरमा ‘ठमेल सडक महोत्सव’ हुँदै छ । संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा ठमेल पर्यटन विकास परिषदले पहिलो पटक ठमेल पर्यटन महोत्सवको आयोजना गर्न लागेको हो ।

नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताए । अध्यक्ष समीर गुरुङ कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गर्नेछन् । भने काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य लगायतको उपस्थिती रहनेछ ।

‘नयाँ वर्ष अवसरमा मात्र महोत्सव आयोजना हुँदै आएको परिषदले यसपल्ट मन्त्रालयको सहकार्यमा विश्व पर्यटन दिवसको अवसरमा महोत्सव गर्न लागेको हौँ ।’ अध्यक्ष गुरुङ नयाँपेजसँग भने,‘ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, त्यसलाई सहयोग पु¥याउने हेतुले पनि महोत्सव आयोजना गर्न लागेका हौँ ।’
त्रिदेवी मार्ग ठमेलमा दिउँसो ४ बजे औपचारिक कार्यक्रम शुरु भई महोत्सवका वेला ठमेलका मुख्य सडक गल्लीमा राति अबेरसम्म विविध सांस्कृतिक कार्यक्रमहरु भएको छ ।

महोत्सवका अवसरमा विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रम राख्नुका साथै खाना महोत्सवको समेत हुनेछ ।
उक्त अवसरमा ठमेलका रात्रिकालीन सेवाहरु रेस्टुरा, बार, डान्स, डिस्को, दोहोरी क्लब आदिमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ ।

महोत्सवमा नेपालका विभिन्न जनजातिको परम्परागत संस्कृति र भेषभूषामा सजिएका सुन्दर नृत्य प्रस्तुत गरी विश्वव्यापीरुपमा ठमेलको प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित कार्यक्रमले ठमेलस्थित सम्पूर्ण व्यवसायीलाई फाइदा पुग्नुका साथै विदेशी पर्यटकले नेपाली संस्कृतिको भरपुर मनोरञ्जन लिन पाउनेछन् ।

यस्तै महाेत्सवमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको विशेष आतिथ्यमा आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न १० भन्दा बढी जातजातिका परम्परागत सांस्कृतिक झाँकीका साथै फुड फेस्टिभल र डिजेमार्फत मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिने बताए ।
कार्यक्रमबारे परिषदले सोमवार पत्रकार सम्मेलन मार्फत गरेको जानकारी गराएको थियो ।

कार्यक्रमबारे परिषदले सोमवार पत्रकार सम्मेलन मार्फत गरेको जानकारी गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७