गोरखा समस्या समाधान गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीलाई आग्रह


११ आश्विन २०७५, बिहीबार
oli therasan
k|wfgdGqL s]kL zdf{ cf]nL / a]nfotL k|wfgdGqL y]/];f d] aLr ;+o’Qm /fi6« ;ª\3sf] d’Vofnodf e]6jftf{ x’Fb} . t:jL/ M ;’/]Gb|axfb’/ g]kfnL, Go’ of]s{÷/f;;

काठमाडौं,११ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गरेका छन् ।

बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले भूतपूर्व गोर्खा सैनिकहरूको हकहित र उनीहरुका मागबारे चासो राखेको उनको सचिवालयले जनाएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे अमेरिकामा छन्। यद्यपि ब्रिटिश सरकारले पेन्सन लगायतका सुविधामा गोर्खा सैनिकहरुलाई विभेद नगरिएको बताउँदै आएको छ ।

उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यबाहक राजदूत निर्मलराज काफ्लेले बताए।

करिब दुई सय वर्ष अघिदेखि ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरुले पेन्सन लगायतका सेवा सुविधामा विभेद गरिएको गुनासो गर्दै, गेसोले यसबारे कानुनी लडाइँ लड्दा पनि अदालतको फैसला सकारात्मक नआएपछि उनीहरुले नेपाल सरकारले कुटनीतिक पहल मार्फत् समस्या समाधान गरिदिनुपर्ने माग राख्दै आएका छन् ।

भेटवार्तामा ओलीले नेपालको विकासमा ब्रिटेन सरकारको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री टेरिजा मेलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । बिहीबार साँझ राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुअघि ओलीले बिभिन्न देशका नेताहरुसँग भेटवार्ता जारी राखेका छन् ।

उनले व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको जानकारी दिए।  भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यबाहक राजदूत काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७