अन्नपूर्ण तथा मनास्लु क्षेत्रकाे व्यवसायीका एकाधिकारप्रति टानको आपत्ति


१२ आश्विन २०७५, शुक्रबार
taan अन्नपूर्ण तथा मनास्लु क्षेत्रकाे व्यवसायीका एकाधिकारप्रति टानको आपत्ति

काठमाडौँ, १२ असोज । अन्नपूर्ण तथा मनास्लु क्षेत्रमा होटल व्यवसायीले आलोपालो प्रणाली (एकाधिकार) लागू गरी पदयात्रा सहयोगी माथि अन्याय गरेको भन्दै ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त क्षेत्रका होटल व्यवसायीको अगुवाइमा विभिन्न स्थानीय क्लबलगायत स्थानीय प्रशासनका पदाधिकारीसमेतको मिलेमतोमा पदयात्रा सहयोगी माथि अन्याय गरेकोमा आपत्ति जनाउँदै टानले समस्याको तत्काल समाधान गर्न सरकारलाई अनुरोध गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकीय मौसम शुरु हुनसाथ अराजक तरीकाले गरिएको यस किसिमको गतिविधिले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न जाने हुँदा तत्काल यस्ता गतिविधि बन्द गर्न त्यस क्षेत्रका व्यवसायी एवं सरोकारवाला पक्षलाई सम्बन्धित निकायसँग निर्देशनको माग गरेको हो ।

पदयात्रा सहयोगीले खाना खाए पनि नखाए पनि रु २०० लिएर पदयात्रा सहयोगी माथि ठगी गर्ने र एकाधिकार लगाउने कार्य भएको टानले जनाएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत यस्ता क्रियाकलापले गम्भीर तथा दीर्घकालीन असर पार्ने हुँदा शीघ्र समस्याको समाधान खोज्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७