सन्दिप लामिछाने एनसेल ‘स्टार हम्बल हिरो’मा आबद्ध


१२ आश्विन २०७५, शुक्रबार
sandip lamichhane G6ZDT1wAAt

काठमाडौं, असोज १२ । एनसेल प्राईभेट लिमिटेडले बिहीवार ९असोज १२ गते० नेपाललाई राष्ट्रि«य तथा अन्तर्राष्ट्रि«य स्तरमा गर्ववान्वित बनाएका क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई बर्षका लागि आबद्ध गरेको छ ।

‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पु¥याउने उद्देश्य लिई तयार पारेको हो ।

यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यसमा कम्पनीले निःस्वार्थ भावनाका साथ दैनिकरुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहिवार एक कार्यक्रम माझ गरेको हो । कार्यक्रम सिफलस्थित बाल मन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दिपले बाल मन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दिपसँग क्रिकेट खेल्दै रमाइलो गरेका थिए ।

‘देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरु गरेको यो पहल वास्तवमै सरहानिय छ । यसले हामी सबैलाई आफ्नो सपना प्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास छ,’ सन्दिपले भने ।

‘नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यसँग मेल खान्छ,’ एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७