फेसबुकमा फेरि पनि चोरी, पाँच करोड प्रयोगकर्ताको डाटा ह्याक


१३ आश्विन २०७५, शनिबार
facebook

काठमाडौं,१३ असोज। सामाजिक सन्जाल फेसबुकको डाटा फेरि चोरी भएको छ । करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जनाएको छ ।

ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरे । यसैमार्फत युजर अकान्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ ।

‘भ्यू एज’ फेसबुकको लोकप्रिय फिचर हो । यसमार्फत् कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ । डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको छ ।

फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले आफ्नो ब्लगमा लेखेका छन्, ‘२५ सेप्टेम्बर दिउँसो हाम्रो इन्जिनियरिङ टीमलाई ह्याक भएको जानकारी भयो । त्यतिबेलासम्म पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको थियो । हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं ।’

फेसबुकका अनुसार भ्यू एज फिचरमार्फत् ह्याकर भित्र घुस्न सफल भएको थियो । यसमार्फत् फेसबुकको एक्सेस टोकन चोरी गरियो र युजर अकाउन्टलाई उनीहरुले केहीबेरसम्म आफ्नो कन्ट्रोलमा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७