गोर्खाहरुको समस्या समधानको निम्ती ठोस पहल गर्ने सांसदहरुको प्रतिबद्धता


१३ आश्विन २०७५, शनिबार
gaeso with parliament member 3

काठमाडौं, १३ असोज । प्रतिनिधिसभाका सांसद तथा नेताहरुले भूतपूर्व सैनिक गोर्खाहरुको समस्या समधानका लागि ठोस पहलकदमी गर्ने प्रतिबद्धता जनाएका छन् । गोर्खाहरुको माग सम्बोधनको निम्ती अहिले सबैभन्दा उपयुक्त समय भएको भन्दै उनीहरुले सदन र सरकार दुबैमा पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

gaeso with parliament member 4



शुक्रबार गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)ले प्रतिनिधिसभाका सांसदहरुसँग गरेको छलफल कार्यक्रममा सांसदहरुले कुटनीतिक पहल र दबाबबाट बेलायतसँग वार्ता गरी अघि बढ्नुपर्ने बताए । गेसोले पछिल्लो आन्दोलनको अवस्था र आगमी कदम बारेमा प्रतिनिधिसभाका सांसदहरु सामुहिक छलफल गरेको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले नेकपा सधैं गोर्खाहरुको पक्षमा लड्दै आएको संस्मरण गर्दै माग सम्बोधनका निम्ती अहिले उपयुक्क्त समय भएको बताए । नेकपाकै सरकार भएको बेला गोर्खाहरुको समस्या समधान हुनेमा उनले विश्वास व्यक्त गरे । संसदीय समिति, संसद, सरकार सबैमा यसको निम्ती आवज उठाउने प्रतिबद्धता उनको थियो ।

भट्टराईले गोर्खाहरुको समस्या केवल गोर्खाहरुको नभई यो नेपाली नागरिकको समस्या भएको भन्दै आफूहरु गम्भिरताको साथ लाग्ने प्रतिबद्धता जनाए । उनले भने, ‘गेसो स्थापना यता हामी यो आन्दोलनमा निरन्तर जोडिएका छौं । हामीले सबै खालका सहयोग गरेका छौं । अन्तिम टुंगो र सम्बोधनका लागि पनि अब हाम्रो निर्णायक पहलकदमी हुनेछ ।’ प्राबिधिक समिति तयार पारेको प्रतिबेदन अनुसार नै गोर्खाहरुको माग पुरा गराउन सबै लाग्नुपर्ने उनको जोड छ ।

gaeso with parliament member 6



सांसद विजय सुब्बाले गेसो आन्दोलनलाई आफूहरुले स्थापनाकालदेखि नै सघाएको उल्लेख गर्दै अब फेरि माग पुरा गराउन सांसदमा आवज उठाउने बताए ।

बेलायतले गोर्खाहरुमाथि आजसम्म पनि अन्याय गर्नु लज्जाजनक भएको बताउँदै तत्काल सम्बोधनका निम्ती सरकार पनि गम्भिर हुनुपर्ने बताए । उनले गोर्खा भर्ती आदिवासी जनजाति समुदाय र नेपालकै निम्ती पनि समस्या भएको बताए ।

सांसद नवराज सिलवालले गोर्खाहरुको समस्या सम्बोधनको लागि आफू लाग्ने बताए । आफ्नो निर्वाचन क्षेत्रमा धेरै गोर्खा समुदाय बनेको उल्लेख गर्दै उनले आफू गम्भिरताको साथ लाग्ने बताए । बेलायतले आफ्नो देशका निम्ती लड्ने सैनिकहरुलाई विभेद गर्नु दुखत भएको बताए ।

सांसद हेमकुमार राईले बेलायतले अझैसम्म विभेद गर्नु बिडम्बनापूर्ण भएको बताए । बेलायतको विभेद बिरुद्ध संसारभरी आवज उठानुपर्ने उनको भनाई छ । सांसद यज्ञराज सुनुवारले गोर्खाहरुको माग सम्बोधनको निम्ती अब निर्णायक पहल जरुरी रहेको बताए । प्राबिधिक समिति बनेर प्रतिबेदन तयार हुनु ठुलो उपलब्धी भएको बताउँदै अब दुई देशस्तरमा वार्ताका लागि दबाब आवश्यक रहेको बताए । त्यसका लागि नेपाल सरकार पनि गम्भिर हुनुपर्ने बताए ।

gaeso with parliament member



सांसद भवानीप्रसाद खापुङले गोर्खाहरुको समस्या देशकै समस्या भएको भन्दै नेपाल सरकार यसमा गम्भिर भए लाग्नुपर्ने बताए । सांसद घनश्याम खतिवडाले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती सांसदहरुले अभियानै रुपमा काम गर्नुपने बताए ।


गेसो सभापति कृष्णकुमार राईले प्राबिधिक समितिले सिफारिस गरे अनुसार माग पुरा गराउन नेपाल सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बिषयमा बेलायती प्रधानमन्त्रीसँग गोर्खाहरुको बिषयमा कुरा उठाएको भन्दै खुसी समेत व्यक्त गरे ।

यही अभियानका निम्ती नेपाल आएका सभापति राईले प्रतिनिधि सभाका सबै पार्टीका सांसद तथा नेताहरुसँग यो बिषयमा छलफल गर्ने बताए । यसैगरी सञ्चार क्षेत्र, बौद्धिक समुदाय र गोर्खाहरुकोबीचमा पनि पछिल्लो अवस्था बारेमा छलफल र बसह गर्ने उनको भनाई छ । नेकपाका नेता तथा तथा तत्कालिन एमालेका भूपूसैनिक इन्चार्ज हरि राईले गोर्खाहरुको माग सम्बोधनको निम्ती सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।

gaeso with parliament member 2


कार्यक्रमको सुरुवातमा गोर्खा आन्दोलन र पछिल्लो अवस्थाका बारेमा पत्रकार राजेश राईले जानकारी गराएका थिए । कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरु राजेन्द्र राई, एलपी साँवा, तिलक महत, जयकुमार राई, विशाल भट्टराई, दलबहादुर राना, मेटमणी चौधरी, नरबहादुर धामी, नारायणप्रसाद मरासिनी लगायत उस्पथीत थिए । उनीहरु सबैले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती एकजुट भएर लाग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७