पाँच करोड फेसबुक ‘अकाउन्ट’ ह्याकरहरूको निशानामा, सुरक्षाको लागि के गर्ने ?


१३ आश्विन २०७५, शनिबार
CEO of Facebook मार्क जुकरवर्ग
Mark Zuckerberg, chief executive officer of Facebook Inc., listens as Narendra Modi, India’s prime minister, not pictured, speaks during a town hall meeting at Facebook headquarters in Menlo Park, California, U.S., on Sunday, Sept. 27, 2015. Prime Minister Modi plans on connecting 600,000 villages across India using fiber optic cable as part of his “dream” to expand the world’s largest democracy’s economy to $20 trillion. Photographer: David Paul Morris/Bloomberg *** Local Caption *** Mark Zuckerberg


क्यालिफोर्निया(एजेन्सी) असोज १३ । पाँच करोड फेसबुक ‘अकाउन्ट’ ह्याकरहरूको निशानामा परेका छन् । फेसबुकले आफ्नो सुरक्षासम्बन्धी कमजोरीका कारण ५ करोड फेसबुक ‘अकाउन्ट’लाई अनधिकृत रुपमा सूचना लिने ह्याकरहरूले निशाना बनाएको जनाएको छ ।

CEO of Facebook मार्क जुकरवर्ग
मार्क जुकरवर्ग



फेसबुकले यस बिषयमा अनुसन्धान थालेको छ । उसले आक्रमण कसले गरेको हो त्यो थाहा नभएको जनाएको छ । उसले कुनै खाताहरूको सूचना दुरुपयोग भए वा नभएको ? भन्ने पनि पत्ता नलागेको जनाएको छ ।

फेसबुकको ‘भ्यू ए्याज’ नामक कोही अरूले आफ्नो फेसबुक प्रोफाइल कसरी हेर्नसक्छन् भन्ने गोपनीयतासम्बन्धी सुविधामा रहेको जनाएको छ । उक्त सुविधामार्फत ह्याकरहरूले प्रयोगकर्ताको खातामा नियन्त्रण कायम गर्न सकेको पनि फेसबुकले जनाएको छ ।

फेसबुक प्रयोगकर्ताका सुरक्षा अत्यन्त महत्वपूर्ण भएको बताउँदै फेसबुक प्रोडक्ट म्यानेजमेन्टका उप–प्रमुख गाइ रोसनले यस त्रुटिका लागि माफी मागेका छन् । ह्याकरहरूले गरेको उक्त अतिक्रमणबारे मंगलबार जानकारी प्राप्त भएको र लगत्तै त्यसबारे प्रहरीलाई जानकारी गराइएको फेसबुकले जनाएको छ ।

सुरक्षाको लागि के गर्ने ?
सम्भावित प्रयोगकर्तालाई शुक्रबार आफ्नो खातामा पुनः लग इन गर्न भनिएको छ । पासवर्ड भने परिवर्तन गर्न नपर्ने उसले जनाएको छ । फेसबुकले अहिले त्यस्तो कमजोरी सुधारिसकिएको र सबै प्रभावित खाताहरूलाई रिसेट गरिएको बताएको छ ।

अन्य ४ करोड प्रयोगकर्ताबारे पनि पूर्व सावधानीका कदम चालिएको जनाएको छ । शुक्रबार शेयर मुल्य तीन प्रतिशतले घटेको फेसबुकका मासिक प्रयोककर्ता दुई अर्ब भन्दा बढी रहेका छन् । फेसबुक आफ्ना प्रयोगकर्ताका तथ्याङ्क सुरक्षित गर्न सक्षम छ भनेर अमेरिका र अन्यत्रका सांसदहरूलाई सहमत गराउन संघर्षरत रहँदा उसले पछिल्लो आक्रमणको सामना गर्नुपरेको छ ।

शुक्रबार कनफेरेन्स कलमार्फत फेसबुकका संस्थापक मार्क जकरवर्गले फेसबुकमा निरन्तर आक्रमण भइरहँदा आफ्नो कम्पनीले प्रयोगकर्ताका तथ्याङ्क सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएको बताएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७