क्षेत्रीको उपन्यास ‘साकुरा’ सार्वजनिक


१३ आश्विन २०७५, शनिबार
sakura
;+3if{ If]qLsf] …;fs’/fÚ nf]sfk{0f n]vs ;+3if{ If]qLsf] pkGof; …;fs’/fÚ zlgaf/ /fhwfgLdf nf]sfk{0f ub}{ /li6«o ;dfrf/ ;ldltsf cWoIf Pj+ ;flxTosf/ xl/x/ clwsf/L …ZofdnÚnufot . t:jL/ M dLgf 3f]/;fOg], /f;;

 काठमाडौँ, १३ असोज । लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको  राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गरेकाे हो ।

अध्यक्ष श्यामलले मानिसका सम्बन्ध र द्वन्द्वका परिणामलाई उपन्यासमा उतार्नु सजिलो नभए पनि लेखक क्षेत्रीले चुनौती मोलेर युवती साकुरा र राइटर (प्रभाकर)लाई मुख्य पात्र बनाएर प्रेमको आख्यानीकरणको प्रयत्न गरेको बताए।

उनले प्रेमलाई कोरारुपमा मात्र नहेरी यसको सामाजिकीकरण गरी हरेक झुपडीमा रुमल्लिएका पीडालाई कलापूर्ण र घनीभूतरुपमा प्रस्तुत गर्न सकेमा लेखकको सामाजिक उत्तरदायित्वसमेत पूरा हुने बताए ।

पत्रकार रामकुमार एलनले उपन्यासको प्रभाकर पात्रले समाजमा उज्यालो छरेको र उपन्यासले सहरी युवायुवतीको मन छुने प्रयास गरेको बताए ।

गुल्मीको धुर्कोट गाउँपालिका निवासी क्षेत्रीको उपन्यास सहरी जीवनका पात्रको प्रेम र सङ्घर्षमा आधारित छ भने कृतिमा सूचना प्रविधिको नवीनतम् भाषाशैलीसमेत प्रयोग गरिएको छ । क्षेत्रीका फुटकर कविता प्रकाशित छन् । पुस्तकको प्रकाशन ‘पेट नेपाल’ले गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७