लालबाबु पण्डितको ‘सिंहदरबार बदल्ने संघर्ष’ आत्मकथा बजारमा


२९ कार्तिक २०७४, बुधबार
Lal Babu Pandit with his autobiography

काठमाडौं: पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ बजारमा आएको छ । लालबाबु पण्डित नेकपा (एमाले)का नेता हुन् । उनी सामान्य प्रशासन मन्त्री भएपछि ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने कुरा उठाएसँगै चर्चामा आएका थिए ।Lal Babu Pandit with his autobiography

यसले विशेषगरि डिभीलगायत माध्यमबाट विकशित मुलुकको स्थायी बसोबासका भिस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरेका थिए । यसले ठूलो बहस पनि निम्त्याएको थियो । सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री लालबाबुको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुगेका थिए ।

सरल ब्यत्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको पब्लिकेशन जनाएको छ । ‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन् ‘यसले नेपाली राजनीतिको जटिल समयमा पनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ ।’पब्लिकेशन नेपालयको प्रकाशन रहेको पण्डितले सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । पुस्तक राजधानी र बाहिर पनि सबैजसो प्रमुख विक्रेताहरुकहाँ उपलब्ध रहेको पब्लिकेशनले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७