अनाथलयमा जय किशनले दिए धुम–३ को सक्सेस पार्टी


१७ आश्विन २०७५, बुधबार
Jay kishan basnet

काठमाडौं, १७ असोज। पछिल्लो समय नेपाली चलचित्रहरु चले पनि र नचले पनि सक्सेस पाटीको नाममा महंगा रेष्टुरेण्टमा लाखौं खर्च गर्ने चलन चल्न थालि रहेको छ ।

पाटीको आयोजना हुँदै गर्दा उक्त चलचित्र चाहीं हलबाट उत्रि सकेको हुने आवस्थाले यस्ता पाटी आयोजकहरु आलोचित पनि बन्ने गरेका छन् । यही मेसो चलि रहेको बेला निर्माता तथा नायक जय किशन बस्नेतले भने आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो चलचित्र धूम ३ को सक्सेस पाटी दिएका छन् । तर उनले उक्त पाटी आयोजना गर्दा कुनै महंगो रेष्टुरेण्टमा जाँड पाटी गरेनन् बरु अनाथ बालबालिकाहरुको अभिभावक बनेर मनाए ।

जय किशन बस्नेत फिल्मस् प्रा।लि।को ब्यानरमा बनेको चलचित्र धूम ३ अशोज ५ गते देखि देशब्यापी प्रदर्शनमा आएको थियो भने अझै पनि कतिपय ठाउँमा सफलताका साथ चलि रहेको छ ।

सोही दिनबाट डिसहोममा पनि एकै साथ आएको चलचित्रले दर्शकहरुको राम्रो साथ पाई रहेको डि होम नेटवर्कले जनाएको छ । यही परिवेशमा अशोज १७ गते आफ्नो जन्म दिन परेकोले दुई वटै अवसर एकै दिनमा जुरेको प्रतिकृया नायक, निर्माता तथा निर्देशक बस्नेतले दिएका छन् ।

अरुले गरेको भन्दा फरक शैली मन पर्छ भन्न रुचाउँने नायक बस्नेतले उनको यसपालीको जन्मदिन काठमाडौंको ओखरपौवा स्थित मातृ नेपाल बाल गृहमा रहेका अनाथ तथा असहाय बालबालिकासँग मनाएका छन् । ४८ जना बालबालिकाहरु रहेको उक्त बाल गृहलाई बस्नेतले नगद १ लाख आर्थिक सहयोग समेत गरेका छन् ।

त्यहाँ रहेका बालबालिकाहरु नायक बस्नेतसँग खुसी देखिएका थिए भने उनको धूम २ को संवाद सँगै बोलेका थिए । नायक बस्नेतले ठूलाले दिएको मात्र आशिर्वाद हुन्छ भन्ने मान्यता राख्ने मान्छे आफु नभएकोले जन्म दिनमा बालबालिकाको आशिर्वाद लिन अनाथालय गएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७