सिटी सेण्टरमा ʽदशैं तथा तिहार उत्सव, सामानमा ५० प्रतिशत छुट


१७ आश्विन २०७५, बुधबार
Nepal Life City Center

काठमाडौं, १५ असोज । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भइरहेको छ ।

Nepal Life City Center


सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान् चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा सेण्टरले घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप दशैं मेला आयोजना गरेको बताएको छ । भने मेलाको अवसरमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूका साथै उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्ने समेत बताए ।

यसैगरी मेला अवधिभर मलमा आउने सबै ग्राहकहरू ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउनेछन् । यस योजनामा सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड उपहार दिइनेछ ।

NepalLife GIF bikashnews 1140x90 Nepali 22nd April

मेलाको विषयमा नेपाल लाइफ इन्स्योरेन्सका मिडिया प्रमुख मेघेन्द्र प्रकाश गिरीले सामानाहरुमा छुटुसँगै युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमन, हरेक दिन विभिन्न ब्याण्ड, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ प्रस्तुती भइरहेको बताए ।

यस्तै यस मलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन्
भने मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ । बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलको मज्जा लिन पाउनेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७