भोजपुर, विराटनगर–काठमाडौं हवाइ उडान शुरु, यी दिन हुन्छ उडान


१८ आश्विन २०७५, बिहीबार
bhojpur

भोजपुर, १८ असोज । बन्द भएको करीब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको हवाई उडान शुरु भएको छ ।

bhojpur
फाइल फोटो

यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।

जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा शुरु गरेको छ । हवाई सेवा शुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए ।

उडान सेवा पुनःसञ्चालन भएसँगै दशैंमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामीलाई पनि राहत मिलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७