हङकङमा ‘आदिवासी झङ्कार’ नामक सांस्कृतिक हुने


१८ आश्विन २०७५, बिहीबार
Hongkong

हङकङ :  नेपाल आदिवासी जनजाति महासंघ हङकङले विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘आदिवासी झङ्कार’ नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रममा नेपालका आदिवासी जनजातिहरुको बिबिध संस्कृति प्रर्दशन हुनेछ ।

Hongkong
पत्रकार सम्मेलनमा अध्यक्ष राई र महासचिव लावोती


नेपाल आदिवासी जनजाति महासंघ हङकङले बुधबार पत्रकार सम्मेलन गरेर आगामी नोभेम्बर ४ तारिखमा ‘आदिवासी झङ्कार’ नामक सांस्कृति कार्यक्रम गरिन लागेको जानकारी दिएको हो । यौमातेइ स्थित कम्युनिटी हलमा अपरान्ह १ बजेदेखि ६ बजेसम्म सञ्चालन कार्यक्रममा बिबिध सांस्कृति प्रर्दशन गरिनेछ ।

कार्यक्रममा गुरुङ, तामाङ, थकाली, दुरा, नेवार, मगर, याख्खा, राई, लिम्बू, सुनुवार र शेर्पाले आ–आफ्नो जातीय झाँकीहरु प्रदर्शन गरिने महासंघका अध्यक्ष किसन राईले बताए । आदिवासी जनजातिहरुको मौलिक संस्कृतिको प्रचार, प्रबद्र्धन र महत्व प्रस्तुत गर्न यो कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा राज तामाङ, राजु आङ्देम्बे, तिलक सोमे मगर, पबित्रा राई, हर्षित आले, रोषा लिम्बु पनि प्रस्तुती रहनेछ । यसैगरी नेपालबाट सन्ध्या बुढा पनि कार्यक्रम लागि आउने भएकी छिन् ।
कार्यक्रममा सेप्टेम्बरमा २४ औँ अन्तरास्ट्रिय आदिबासी दिवसको अवसरमा घोषणा गरिएको वर्ष पुरुष र महिला क्रमशः मैनबहादुर थापा मगर र सरस्वती घिसिङलाई सम्मान गरिने महासचिव कृष्ण लावतीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७