गुगललाई पछि पार्दै एपप्ल बन्यो १ नम्बर ब्राण्ड, डाटा चोरीको विवादमा फसेको फेसबुक ९ मा झर्‍यो


१८ आश्विन २०७५, बिहीबार
brand

काठमाडौं, १८ असोज । विश्वव्यापी ब्राण्ड कन्सल्टेन्सी इन्टरब्राण्डले बेस्ट १०० ग्लोबल ब्रान्ड्स २०१८ को सूची जारी गरेको छ ।

brand

जस अनुसार गुगललाई पछि पार्दै एप्पल संसारको शीर्ष ब्राण्ड बनेको छ । उता डाटा चोरीको विवादका कारण फेसबुक नवौं स्थानमा झरेको छ ।

एजेन्सीका अनुसार, ५६ प्रतिशत वृद्धिका साथ अमेजन तेस्रो शीर्ष ब्राण्ड बनेको छ । अघिल्लो वर्ष ऊ पाँचौं स्थानमा थियो । एप्पलको ब्राण्ड भ्याल्यु १६ प्रतिशत बढेको छ । यो २१४.५ अर्ब डलर पुगेको छ ।

मार्केट क्याप एक लाख डलर पुगेको पहिलो अमेरिकी कम्पनी एप्पल बनेको छ ।
दोस्रोमा गुगल, चौथोमा माइक्रोसफ्ट, पाँचौंमा कोकाकोला र छैठौंमा सामसङ रहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७