श्रद्धा कपुरलाई खतरनाक रोग, खेल्दा–खेल्दैको चलचित्र अलपत्र


१८ आश्विन २०७५, बिहीबार
201809071536332110

काठमाडौं, १८ असोज । बलिउड अभिनेत्री श्रद्धा कपुर चलचित्र खेल्दा खेल्दै रोगका कारण थलिएकी छन् ।

201809071536332110
बलिउड अभिनेत्री श्रद्धा कपुर

अभिनेत्री श्रद्धा कपुर यतिबेला भारतकी ब्याडमिन्टन स्टार साइना नेहवालको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

यस फिल्ममा रहेको उनको फष्र्ट लुक्स पनि सार्वजनिक भएको थियो । तर, अहिले यस फिल्मको छायाँकनको काम रोकिएको छ । फिल्मको काम बीचैमा रोकिनुको कारण हो श्रद्धा कपुरको स्वास्थ्य । उनलाई डेङ्गी भएको छ ।

यसै कारण उनी अहिले यस फिल्मको काम गर्न सक्ने अवस्थामा छैनन् । केही दिनदेखि स्वास्थ्यस्थिति ठीक नभएपछि जाँच गराउँदा श्रद्धालाई डेङ्गी लागेको थाहा भएको छ । श्रद्धा सेप्टेम्बर २७ देखि साइना नेहवालको वायोपिकको सेटमा गएकी छैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७