निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिजले पायो आएसओ मान्यता


१८ आश्विन २०७५, बिहीबार
iso

काठमाडौं, १८ असोज । निम्बसको प्रोबायोटेक ईण्डष्ट्रिज प्रा.लि.को सबै खानेतेलले आइएसओ २२००० : २००५ मान्यता पाएको छ । पशु दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ले अन्तराष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ मान्यता पाएको हो ।

निम्बसले अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन विक्रि वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्नाउत्पादनलाई १ सय वटा डिस्ट्रिब्युटरमार्फत ४० जिल्लामा पु¥याएको छ ।

निम्बसका सबै खानेतेलले अन्तराष्ट्रिय गुणस्तर संगठनबाट आइएसओ २२००० : २००५ मान्यता पाएको छ । ज्ब्ऋऋए प्रमाण पत्र प्राप्त उद्योगबाट उत्पादित उत्पादन खाद्य सुरक्षा र सुरक्षित उत्पादन प्रकृया अपनाएर गरीएको हुनाले उपभोक्ताको स्वास्थ्यको लागि सुरक्षित मानिन्छ । यस अघि निम्बसकै व्यञ्जन तेलले नेपाल गुणस्तर प्रमाणप्रत्रपनि प्राप्त गरेको थियो ।

हाल कम्पनीले व्यन्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरिय खाने तेलउत्पादन गर्छ । जसअन्तर्गत सुर्यमुखी,तोरी, भटमास तेलउत्पादन हुन्छन् । यस्तै प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदीउत्पादनपनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको बताएको छ । स्वीडिस प्रबिधिको रिफाइनरीमा आधारित नेपालकै उत्कृष्ट औद्योगिक कारखाना स्थापना गरेको कम्पनीले गुणस्तरको सवालमा उपभोक्तालाई विश्वस्तीय तुल्याउने थुप्रै प्रामाणिक आधार तय गरेको छ । जसकाकारण उपभोक्ताले विश्वस्त भएर निम्बस काखानेतेलहरु उपभोग गर्न सक्ने बताएको छ ।

उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला संचालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउदै आएको छ ।

कम्पनीमा योग्य खाद्य विज्ञहरु कार्यरत रहेकाले गुणस्तरको सवालमा उपभोक्ताले सामान्य चिन्ता पनि लिनुपर्दैन । खाद्य विज्ञहरुको उत्कृष्ट टिम नै गुणस्तरीय खाद्य सामाग्रीका उत्पादनका लागि सक्रिय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७