मृगौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद


१९ आश्विन २०७५, शुक्रबार
kidney

काठमाडौं, १९ असोज । सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मृगौलामा समस्या देखियो । मृगौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् ।

kidney

मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृगौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणिन्द्रले धेरै चिकित्सकको परामर्श लिए । मृगौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश भएका उनले आयुर्वेदिक उपचार पद्धति थाले र १६ वर्षे सुविन अहिलेसम्म विना डायलासिस स्वस्थ्य छन् ।

काठमाडौँ महानगरपालिका–१६ पकनाजोल घर भएका सुविनका बाबु फणिन्द्रले भने, ‘१२ वर्षको कलिलो छोराको मृगौला फेर्नुपर्छ भन्दा मनले हरेश खाइसकेको थियो तर आयुर्वेदिक औषधिले ठीक गरायो, अहिले छोराको स्वास्थ्य ठीक छ ।’

कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदिक औषधालयका वैद्य गणेशबहादुर राउतसँग आवश्यक परामर्श लिएर औषधि खान थालेपछि क्रिटिनाइन विस्तारै कम हुँदै आएको र अहिले उनी सामान्य अवस्थामा छन् ।

सुविन जस्तै जनकपुर–९ धनुषा निवासी ४५ वर्षीया चन्दा साहलाई पनि चिकित्सकले डायलासिस गर्नुपर्छ भनेपछि तनाव भएर आयुर्वेदिक उपचार शुरु गरे । उनको क्रिटिनाइन ४ दशमलव ५ पुगेकामा अहिले सामान्य अवस्थामा आइसकेको छ ।

‘मृगौला उपचारका लागि डायलासिस गर्नुपर्छ भनेपछि मैले हरेश खाएकी थिएँ तर आयुर्वेदिक औषधिले ठीक हुन्छ भनेपछि यसमै लागेँँ, चार वर्षसम्म लगातार उपचार गरेपछि अहिले राम्रो भएको छ’, आफू स्वस्थ्य भएकीेमा खुशी हुँदै साहले भने, ‘अहिले म सबै काम गर्न सक्छु, बिरामी छु भन्ने पनि महसुस हुँदैन ।’

सुविन र साह जस्तै धेरैले आयुर्वेदिक पद्धतिबाट सस्तो र विना डायलासिस मृगौलाको उपचार गरी स्वस्थ्य जीवन बिताइरहेका छन् । वैद्य राउतका अनुसार मृगौलामा क्रिटिनाइन एक दशमलव चार एमजी हुनु सामान्य हो तर उमेर बढ्दै गएपछि दुई एमजीसम्मलाई पनि सामान्य मानिन्छ । मृगौलाले रगत र पिसाबमा भएको फोहर छान्ने काम गर्छ ।

‘मृगौलाको उपचारमा डायलासिस गर्दा राज्यको र व्यक्तिको पनि अत्यधिक खर्च भइरहेको छ’, उनले थपे, ‘एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ ।’

मृगौलाको समस्या नसर्ने खालको रोग हो । यस्ता बिरामीमा आयुर्वेदिक पद्धतिले सफलता पाउनुको कारण खानपानमा जिम्मेवार, उपचारमा निरन्तरता र सचेतना नै मुख्य भएको वैद्य राउतको अनुभव छ ।

किन हुन्छ मृगौलामा समस्या

क्रिटिनाइन भनेको शरीरको जमेको फोहर हो । मृगौलामा जब क्रिटिनाइन बढेर रगत बाक्लो भएपछि पानीको अभाव हुन्छ अनि मृगौलाले फोहर छानेर पठाउन सक्दैन । शरीरमा क्रिटिनाइन बढी हुन्छ ।

‘मानिसले मृगौला फेल भयो भन्ने गर्छन्, तर मृगौला फेल भएको होइन कमजोर हुन्छ’, वैद्य राउतले भने, ‘मेरो अनुभवमा क्रिटिनाइनको मात्रा बढेर दश एमजी नै भए पनि आत्तिनु पर्दैन तर यस पद्धतिबाट डायलासिस शुरु नगरेको अवस्थामा मात्रै काम गर्न सकिन्छ ।’

आयुर्वेदिक उपचार पद्धतिले फोहरलाई दिसा÷पिसाबबाट बाहिर निकाल्छ । मृगौला क्रमशः प्राकृतिक रूपमै सक्षम हुँदै आउँछ । डायलासिस गरिसकेपछि यो विधिले काम दिँदैन, किनभने शरीरको प्राकृतिक संरचनामा समस्या आइसकेको हुन्छ ।

‘आयुर्वेदिक पद्धतिबाट मृगौला उपचार नेपालको नितान्त मौलिक प्रविधि हो’, वैद्य राउतले थपे, ‘आयुर्वेदको विद्यार्थीको नाताले चोक–चोकमा सहयोग मागिरहेका देखिने क्षमतावानहरूको पनि घरखेत गइसकेकाले मेरो मन छोयो, त्यसपछि मैले अध्ययन गरेर काम शुरु गरेको अहिले १५ वर्ष भयो ।’

यथार्थ अध्ययन गरेर प्रविधिलाई सुरक्षित राख्ने कार्यमा राज्य लागिपरोस् भन्ने वैद्य राउतको चाहना छ । यो प्रविधिले भावी पुस्ता, राज्यको सम्पत्ति र जनताको सम्पत्ति जोगाउने कार्यमा ठूलो मद्दत गर्छ ।

‘जब देशका नागरिक अस्वस्थ हुन्छन्, राज्यको समृद्धिको कल्पना पूरा हुँदैन, एक छेउबाट भए पनि राज्यलाई सहयोग पुगोस् र नेपालको मौलिक प्रविधिको संरक्षण होस् भन्ने मेरो चाहना हो’, उनको भनाइ थियो ।

वैद्य राउतले विसं २०४५÷४६ मा विश्व स्वास्थ्य संगठनको सहायतामा १५ महिने आयुर्वेदिक तालीम लिइ निरन्तर खोज तथा अनुसन्धान गरेर मृगौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहेका छन् । उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई÷चार महिनामै सामान्य अवस्थामा ल्याउँछ तर अत्यधिक बढेकाका लागि भने केही समय लाग्न सक्छ ।

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना वर्जित गरे छिट्टै निको हुँदै जान्छ ।

वैद्य राउतका अनुसार मृगौला खराबी प्रत्येकलाई फरक–फरक कारणले हुन्छ । यो कुरा थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । पिसाब कम लाग्ने, वाकवाकी लाग्ने र हात–गोडा सुन्निने जस्ता यो रोगका लक्षण हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७