कवि लता कार्कीको उल्टो पाइला सार्वजनिक


१९ आश्विन २०७५, शुक्रबार
Lata Karki


काठमाडौं :  कवि लता कार्कीको पहिलो कवितासंग्रह ‘उल्टो पाइला’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि वैरागी काइँला, आख्यानकार राजन मुकारुङ तथा समीक्षक वन्दना ढकालले कृति विमोचन गरेका हुन् ।

Lata Karki

प्रमुख अतिथि वैरागी काइँलाले महिला र पुरुषलाई एक रथका दुई पांग्रा भने पनि एउटा पांग्रालाई जहिल्यै खाल्डाखुल्डीमा मात्रै गुडाइराखिएको बताए । यस्ता समस्या समाजमा विद्यमान रहेको उनले बताए ।

‘हामी पञ्चायतभरि करायौँ । तर, कृपा गरेर बक्सेको केही सुविधाबाहेक महिलाले केही पाएका छैनन्,’ उनले भने, ‘समय र सुविधा बदलिए । तर, बदलिनुपर्ने आर्थिक हैसियत थियो । गरिबी घट्नुपथ्र्यो ।’ नारी समस्या, सांस्कृतिक विभेदका कुरा आजको समस्या भएको बताउँदै उनले लताले आफूलाई यसको पक्षमा उभ्याउनु ठूलो कुरा रहेको बताए ।

आख्यानकार राजन मुकारुङले भने, ‘हामीले अहिलेसम्म कि त पश्चिमा सहित्यको प्रभावमा लेख्यौँ कि त पूर्वीय साहित्यमै निर्भर रह्यौँ । आफ्नो सौन्दर्यमूल्य कहिल्यै खाजेनौँ ।’ हामीसँग साकेलाको सौन्दर्य, हाक्पारे र पालामको सौन्दर्य भए पनि त्यसलाई नेपाली साहित्यमा कहिल्यै स्थान नदिइएको राजनले बताए ।

समीक्षक ढकालले कवितालाई वर्तमान चेतनाको कोणबाट हेर्दा समसामयिक रहेको बताइन् । कविले बारबार घर जोगाउने कुरा गरेको भन्दै घर जोगाउनका लागि महिला मात्रै जिम्मेवार र चिन्तित भएर नहुने उनले बताइन् ।

कृतिकार लताले कविता लेखन सबैभन्दा उत्कृष्ट र कठिन भएको बताउँदै यो चेतना सबैसँग नहुने भएकाले आफू चिन्तित रहेको बताइन् । कृति चिन्डो बुक्सले बजारमा ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७