गुगलको प्रविधिविज्ञमा नेपाली युवा नियुक्त


१९ आश्विन २०७५, शुक्रबार
kshitiz rimal

काठमाडौं, १९ असोज । आईटी क्षेत्रमा नेपालले भर्खर आफूलाई स्थापित गराउँदै छ । तर, छोटो समयको प्रयोग र अभ्यासमै नेपालमा आइटी क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गरेको छ ।

kshitiz rimal

आइटी क्षेत्रमा ढिलो हात हालेर पनि छिटो प्रगति गरेकै कारण अहिले नेपालका एक आइटीका प्रतिभावान युवा गुगलको प्रविधिविज्ञको रुपमा नियुक्त भएका छन् ।

नेपाली युवा क्षितिज रिमाल गुगल कम्पनीमा प्रविधिविज्ञको रुपमा नियुक्त भएका छन् । जुन उनको व्यक्तिगत सफलता मात्रै नभएर नभएर संसारभर आईटी क्षेत्रमा अध्ययनरत विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । आठ वर्षयता आईटी क्षेत्रमा कार्यरत रिमाल एआई डेभलपर तथा गहन सिकाइको लागि काम गर्छन् ।

आईसिटी फ्रेम डट कममा उल्लेख भएअनुसार उनी पोख्त यूआई-यूएक्स डिजाइनर मानिन्छन् ।
उनको मुख्य काम एआई सिस्टम निर्माणमा केन्द्रित हुँदै आएको छ । रिमाल नेपालका लागि इन्टरनेस्नल एआई एम्बेस्डर पनि हुन् । रिमालसँगै अरु २२ देशका विज्ञ पनि नियुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७