सिजी मोटोकोर्पले पायो पाँच अवार्ड


१९ आश्विन २०७५, शुक्रबार
Fullscreen capture 100518 071959 PM WD3NY3gAK8 1

काठमाडौं १९ ,असोज । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।

Fullscreen capture 100518 071959 PM WD3NY3gAK8 1

कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति साधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल भयो ।

त्यसैगरी २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक विक्री वितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल भएको छ ।

यही २७–२८ सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित उक्त अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्य पूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेताहरुमध्ये छनौट गरिएको थियो ।

सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, “हामी यस अवार्र्ड हाम्रा मूल्यवान् ग्राहकवर्गलाई समर्पण गर्न चाहन्छौँ जसले सुजुकी ब्राण्डलाई आफ्नो जीवनको सदस्यको रुपमा रहेको बताए ।  कम्पनीले पाएका सबै अवार्ड ग्राहकहरुमा समर्पण गर्न चाहेको कम्पनीका निर्देशक करण चौधरीले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७