आठराई त्रिवेणीलाई फुटसल कपको उपाधी


२० आश्विन २०७५, शनिबार
43328243 900272183496743 3547153020921839616 n

काठमाडौं,२० असोज ताप्लेजुङ-काठमाडौं युवा समाजद्वारा आयोजित गाउँपालिका स्तरिय फुटसलको उपाधि आठराई त्रिवेणि गाउँपालिकाले जितेको छ ।

43328243 900272183496743 3547153020921839616 n

मेरिङ्देन गाउँपालिका उपबिजेता भएको हो। ताप्लेजुङ काठमाडौं युवा समाजले धनयन्तरी फुटसल खेल मैदानमा गाउँ पालिका स्तरीय फुटसल खेलको आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा ताप्लेजुङ जिल्लाको सबै गाउँपालिका र एक नगरपालिकाले भाग लिएका थिए । प्रतियोगिता पुर्व जनजाति महासङ्गका अध्यक्ष तथा पुर्व सभासद पासाङ शेर्पाको उपस्थितिमा सम्पन्न भएको हो ।

footsal

बिजेताले नगद रु ४० हजार, मेडल, प्रमाण पत्र र ३ बर्ष रनिङ कप र उप बिजेताले नगद रु २५ हजार, सहित मेडल, प्रमाण पत्र र ३ बर्षे रनिङ कप प्राप्त गरे ।  उत्कृष्ट खेलाडीमा मेरिदेन गाँउपालिकाका खेलाडी बिकाश शेर्पा, उत्कृष्ट किपरमा आठराई त्रिवेणीका आशिस राई र हाई स्कोररमा आठराई त्रिवेणीकै बिशाल राई घोषित भए ।

पत्रकार, आयोजक, राजनीतिक र कलाकार टिमको सहभागीता रहेको थियो । यो आयोजना ताप्लेजुङ जिल्लाको लागि अहिले सम्मकै ठुलो धन राशिको फुटसल आयोजना भएको ताप्लेजुङ(काठमाडौं युवन समाजका अध्यक्ष मुक्ति लाबुङ्ले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७