भिआइपी ठग, नेताको संरक्षणमा करोडौँ ठगी


२० आश्विन २०७५, शनिबार
dinesh koirala thak

काठमाडौ, १८ असोज । नेपाली गाउँघरमा ‘नखाएको विष पनि कहिलेकाहीँ लाग्छ’ भन्ने उखान निकै चल्ने गरेको छ । मोरङ पथरीस्थित एक गाउँ जाँदा यो उक्ति स्थानीय ५० घर परिवारसँग ठ्याक्कै मेल खान्छ । उक्त सुकुम्वासी बस्ती भने किर्ते गरी ठगहरूको चङगुलमा परेका छन् ।

एक देशको कथा जस्तै छ, ठगको ठग्ने शैली पनि । थोरैतिनो जमिनमा खेतीपाती र मजदुरी गरेर आनन्दको जीवन जिइरहेका यहाँका बासिन्दालाई एउटा ‘फूलबुट्टे सपना’ देखाउँदै दोलखा पाभर्टी–३ का दिनेश कोइराला आइपुगे ।

सोझा साझा गाउँले उनको सपनामा रनभुल्ल परे । विश्वास गरे । उनको लहैलहैमा लाग्दै जाँदा सुकुम्वासी बस्ती मात्रै हैन अन्य व्यक्तिहरू पनि घरनाघाटको बने । उनीहरूले आफ्नो जायजेथा गुमिसकेको बल्ल चाल पाएका छन् । उनीहरूले बैङ्कमा जग्गा धितो राखे बापत एक रुपैयाँ हात पारेको पनि छैनन् । भने, सुरुमा सामान्य कोइराला अहिले निकै हाइफाइको जीवन बिताइरहेका छन् । उनको ठगी कारोबार आफ्नै गाउँदेखि मोरङसम्म रहेको छ । उनले अहिलेसम्म ५० करोड भन्दा बढी रकम ठगी गरिसकेको तिर्थ रेग्मी बताउँछन् ।

तिर्थ रेग्मी तिनै हुन् कोइरालाका जालमा परेर आफ्ना आफन्तका जायजेथा गुमाएका । कुनै समय ज्यामी काम गर्ने कोइराला अहिले सर्वसाधारणको जग्गा जमिन बैङ्कमा डुबाइ दिएर शानदार जीवन बिताइरहेका छन् । रकम ठगी गर्र्नुअघि पटक–पटक भेटेका मानिसलाई अहिले कोइरालाले चिन्दिनँ भन्ने गरेको पीडित सहदेव गुरुङ बताउन् छन् ।

कोइरालाको ठगीबाट उनका साथीभाइ, आफन्त समेत पीडित छन् । कोइरालाले धेरै ब्याज दिने प्रलोभन देखाएर साथीभाइदेखि अन्य धेरै सर्वसाधारणको रकम लिने गरेको र धेरै घर जग्गा समेत बैङ्कमा धितो राखिदिएर पैसा चाहिँ आफूले लिएर सम्पर्क विहीन हुने गरेको खुलेको छ । बैङ्क, सहकारी र व्यक्तिमा धितो राखेर पैसा आफैले चलाएका कोइरालालाई बैङ्कको ऋण तिर्न भन्दा उल्टै ज्यान मार्नेसम्मको धम्की दिने गरेको पीडितले बताएका छन् ।

यो पनि पढ्नुहोस्
कोइरालाको कहालीलाग्दो ठगी, कसको कति ठगे ?

कोइरालाले ठगीमा परेकाहरू विष्णु धिमाल, निर्मला गुरुङ सहदेव गुरुङ, दीपा धिमाल, दुर्गा धिमाल, रिता मगर, रामप्रसाद धिमाल, उमेश गुरुङ घले, सुलभ कर्माचार्य, कैलाश बस्नेत, दिलीप कोइराला, भवननाथ भट्टराई, शिवलाल पुरी, चेतराज भट्टराई, यशोदा भट्टराई, सोले धिमाल, विष्णु रेग्मी, दुर्गा धिमाल, लक्ष्मी भट्टराईलगायत यस्ता कयौँ ठगीमा परेका पीडक सहदेव गुरुङले जानकारी दिएका छन् । हाल कोइरालाको बढी ब्याजको प्रलोभनमा फसेका उनीहरूको जग्गा अहिले बैङ्क, सहकारी र व्यक्तिमा फसेको छ ।

कोइरालाले ‘एकको दुई’ बनाइदिने सपना देखाउँदै सर्बसाधरणहरुको करोडौं ठगेका हुन् । कोइरालाले सामुहिक लगानीको माध्यमबाट व्यवसाय गरेर छोटो समयमै कमाउन सकिने लोभ देखाएर करिब दुई दर्जन सर्बसाधरणहरुलाई ठगेका हुन् । दोलखाका कोइरालाले पूर्वको मोरङ, सुनसरी र झापाका सर्बसाधरणहरुलाई ठगेका हुन् ।

कोइरालाले कानेपोखरी जदा, मोरङका उमेश घले गुरुङबाट डेढ करोड, अमरदह राजघाट उर्लाबारी मोरङका कृष्ण धिमालबाट डेड करोड, इटहरी–५ सुनसरीका सहदेब गुरुङबाट २९ लाख, उर्लाबारी राजघाट–९ मोरङका शिबलाल पुरीबाट ९९ लाख ठगेका छन् ।

यसैगरी दुर्गापुरी राजघाट—८ मोरङका विष्णु धिमालबाट डेड करोड ठगेका छन्, इटहरी—४ सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका रिता मगरबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका दिपा धिमालबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका दुर्गा धिमालबाट ४० लाख ठगेका छन् ।

 
यसैगरी सिजुवा—२ मोरङका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन्, इटहरी—८ सुनसरीका यशोधा भट्टराईबाट ३० लाख ठगेका छन्, झापका सोले धिमालबाट ५० लाख ठगेका छन्, इटहरी—४ का भवननाथ भट्टसँग १५ लाख ठगेका छन्, उर्लाबारी राजघाट—८ मोरङबाट घरबार नै उठेको छ, काँडाघारी—४ भक्तपुरका रामकुमार थापाका ४ करोड ठगेका छन्, इटहरी, सुनसरीका लक्ष्मी भट्टराईबाट ८० लाख ठगेका छन् ।

हेर्नुहोस् बाउन्स चेक

कोइरालाको ठगीमा परेका उमेश घले गुरुङ भन्छन्, ‘कोइरालाले हामी जस्ता धेरैलाई रकम ठगेका छन्, खोज्दै जाने हो भने कोइरालाबाट पीडित बनेकाहरू अगन्ती छन् ।’ कोइरालाका कारण सर्वसाधारणको पुर्ख्यौली जग्गा जमिन मात्र डुबेको छैन । यही कारणले धेरैको पारिवारिक सम्बन्ध समेत टुटेको छ । कोइरालाले छँदाखाँदाको जग्गा बैङ्कमा राखेर पैसा लिई गायब भएपछि परिवारमा किचाकिच भएपछि सहन नसकेर रुपा खड्काकी श्रीमानले आत्महत्यासमेत गरेको पीडिक कृष्ण खड्काले बताएका छन् ।

कोइरालाको ठगीमा परेका पीडितहरू प्रहरीमा उजुरी दिएमा मार्ने धम्की दिने गरेको दीपा धिमालले बताइन् । १ महिनादेखि हराएका रामप्रसाल धिमाल गाउँ तिर खोजीमा छन् । तर, गुन्डा नवराज भुजेलले भने आफूसँग रहेको बताएका छन् । पीडित सहदेव गुरुङ भन्छन्, ‘दिनेश कोइरालाले पीडितहरूको नम्बर दिएर अन्य विभिन्न व्यक्तिमार्फत डर धम्की देखाउन लगाएका छन्, कोइरालाको धम्कीका कारण पीडितले चाहेर पनि केही गर्न सकिरहेका छैनन् ।’ कोइरालाले पालेका डन भनाउँदा नवराज भुजेल र प्रशान्त भण्डारीले पीडितहरूलाई फोन गरेर अपाच्य शब्द प्रयोग गर्दै प्रहरीमा उजुरी दिए मार्ने धम्की दिने गरेको यशोदा भट्टराईले जानकारी दिइन् ।

नयाँ पेज डटकमले पनि जानकारीका लागि फोन गर्दा कोइरालाका सहयोगी नवराज भुजेल र प्रशान्त भण्डारीले गुन्डागर्दीको भाषामा गाली बेइज्यती शब्द प्रयोग गरी गाली गरेका थिए । दिनेश कोइरालाको ठगीका प्रकृति हेर्ने हो भने सामान्य छैनन् । उनको विशेष गरी डनहरुसँग साँठगाँठ रहेको देखिन्छ ।

एक पीडित

को हुन् कोइराला ?
कोइरालाकाे स्थायी घर दोलखा पवटी गाविस–३ हाे । उनको बारेमा सानैबाट जानकार हरेकका व्यक्तिहरू भन्छन्, ‘कोइराला सानैदेखि फटाइ गर्नमा माहिर थिए ।’

८ कक्षा पढ्दा–पढ्दै सीता भुजेलसँग प्रेम विवाह गरेका कोइराला परिवारको इच्छा विपरीत अन्तरजातीय विवाह गरेकाले भागेर काठमाडौं आए हुन् । काठमाडौंं आएर पेप्सीकोलामा डेरा गरेर होटेलमा भाँडा माझ्दै केही समय जीवन गुजारा गरेको उनको विगत जान्नेहरू सुनाउँछन् ।

होटेलको कामबाट असन्तुष्ट उनी ज्यामी पेसामा छिरे । ज्यामी काम गर्दागर्दै घर जग्गा कारोबारसम्बन्धी ज्ञान सीप बटुलेका उनले आफ्नै भेना गाेपी दाहालका  दुई वटा घडेरी विभिन्न बहानामा आफ्नो नाममा पारे । त्यहीबाट उनी ठगी धन्दा हौसिएको देखिन्छ । अहिले कोइरालाको ठगी धन्दा पूर्वदेखि पश्चिमसम्म नै फैलिएको छ । ठगीबाट करोडौँ रकम कमाएका उनी अहिले महँगो कार र सुविधा सम्पन्न भवनमा बस्ने गरेको जानकार बताउँछन् ।

ठगीमा काँग्रेस नेताको संरक्षण
कोइरालाको ठगीमा काँग्रेस नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री केशव बुढाथोकीका पिए भुपेन्द्र भट्ट र देव लिम्बुले दिनेश कोइरालालाई संरक्षण गर्ने गरेको स्रोत बताउँछन् ।

भट्टले पीडितलाई मन्त्रीको स्वकीय सचिवको कार्ड बाँड्दै ‘म मन्त्रीको पिए हुँ, पुलिस प्रशासन मेरो हातमा छ तिमीहरूले केही गर्न सक्दैनौँ’ भन्दै हप्काएका पीडित सहदेव गुरुङले बताए । भट्टले पीडकलाई ‘म पैसा दिलाई दिन्छु’ भन्दै आश्वासन दिने गरेको पीडितहरू बताउँछन् ।

कोइराला र भट्ट साथी भएको र यसैको आधारमा भट्टले कोइरालालाई जोगाउन आश्वासन दिने गरेको बताउँदै एक पीडित भन्छन्, ‘कोइरालाको ठगीबारे भट्ट र लिम्बुलाई धेरै कुरा जानकारी छ ।

कोइरालाले भट्टलाई पैसा दिने गरेकोले भट्टले संरक्षण गर्दै आएका छन् ।’ यस विषयमा भट्टलाई सम्पर्क गर्दा मोबाइल अफ भएकोले सम्पर्क हुन सकेनन् ।

अर्का काँग्रेस नेता देव लिम्बुलाई सम्पर्क गर्दा उनले कोइरालासँग कुनै काराेबार नरहेको सामान्य चिनजान मात्र रहेको बताएका छन् । लिम्बुले यो विषयमा फोन नर्गनसमेत धम्की दिए  ।

यस्तो छ ठगीको शैली

NK Koera
ठगीका अनेक रुप (यस्ता दर्जनौ प्रमाणहरु पिडितसँग छन्)


ठगिएका पीडितहरू अधिकांश थोरै तिन जग्गावाला भए पनि कोइरालाको ठगीकै कारण अहिले सडकमा आइपुगेका छन् । थोरै पैसामा जग्गा धितो राख्न लगाउने अनि जग्गा किर्ते गरी अरूलाई महँगोमा बेच्ने कोइरालाले गरेका छन् । कोइरालाबाट ठगिएका व्यक्तिहरूको हालत भने मागेर खानु पर्ने स्थिति छ ।

कोइरालाको निशानामा निरीह मानिसहरू बढी परेका छन् । सोझा सिधा, एकल महिला र श्रीमान् वैदेशिक रोजगारका महिलाहरूलाई बढी रकमको प्रलोभनमा पारेर कोइरालाले आफूले रकम लिएर अरूलाई डुबाएका छन् । दिदी–बहिनी, बाबु–आमाको साइनो लगाउँदै सुरुमा नजिकिने कोइराला पैसा खाइसकेपछि भने सम्पर्क बाहिर रहन्छन् ।

इटहरीकी एक ७० वर्षीय वृद्धालाई आमा साइनो लगाउँदै रकम ठगेका छन् । बजारबाट कोसेली किनेर भेट्न जाने कोइरालाले आफू ‘माइलो छोरा’ जस्तै हुँ भन्दै घर बेचेको पैसा ५० लाख रुपैयाँ प्रतिमहिना ५ लाख ब्याज दिने लोभमा पारेर ६ महिनाका लागि रकम फिर्ता गर्छु भन्ने कोइरालाले अहिले ६ वर्ष लागिसके न ब्याज पाएका छन् न सावाँ नै । पैसा फिर्ता गर्न भन्दा उल्टै धम्क्याउने गरेको ती वृद्धा बताउँछिन् ।

प्रहरीमा दिएको उजुरी

NK Koerala
NK Nepal

इटहरीका सहदेव गुरुङले विदेशमा १७ वर्ष दुःख गरेर जोडेको घर अहिले व्यक्तिको महँगो ब्याजमा बन्धक छ । उनले दुःख गरेर बनाएको एक तले घर कोइरालाले केही दिनमै झ्वाम्म पारिदिए । करिब एक करोड मूल्यको घर ४० लाख धितोमा राख्न लगाई ४ वर्ष बितिसक्दा पनि फिर्ता गरेका छैनन् ।

कोइरालाको ठगी धन्दामा श्रीमती सीता कोइरालाको पूर्ण साथ रहेको यशोदा भट्टराईले बताइन् । उनले आफू भाउजू बनेर सोझा नारीहरूलाई श्रीमानको ठगीमा सहयोग गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्
भिआइपी ठग, नेताको संरक्षणमा करोडौँ ठगी
दर्जनौंलाई घरवारविहिन बनाउने ‘सिरियल ठग’ दिनेश कोइराला पक्राउ
कोइरालाको कहालीलाग्दो ठगी, कसको कति ठगे ?


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७