कोजुद्वारा नयाँ राष्ट्रिय कीर्तिमान, हेमलाल र कान्छिमायाले जिते १२ औं काठमाण्डौ म्याराथन उपाधि


२० आश्विन २०७५, शनिबार
kanchhimaya n kuju 1

काठमाडौं,२० असोज । काठमाडौं म्याराथनको पुरूष तर्फको उपाधि आर्मीका होमलाल श्रेष्ठ र महिला तर्फ एपिएफ क्लबकी कान्छी माया कोजु जितेका छन ।

kanchhimaya n kuju 1

कान्छी माया कोजुले म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । १२औं संस्करणको काठमाडौं म्याराथन अन्तरगत शनिबार बिहान भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको हो ।

उनी कुल २ घण्टा २० मिनेट ४५ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भए । उनी राष्ट्रिय कीर्तिमान बनाउनबाट एक सेकेण्डले पछि परेका छन् । म्याराथनमा भूमिराज राईको नाममा दुई घण्टा २० मिनेट ४४ सेकेण्डको राष्ट्रिय कीर्तिमान कायम छ । उनले आफ्नै क्लबका राजन खत्रीलाइ पछि पार्दै च्याम्पियन बने । राजनले २ घण्टा २३ मिनेट ३४ सेकेण्डमा दूरी पूरा गरे । भूमिराज राई भने तेस्रो भए ।

उनले २०७३ को काठमाडौं म्याराथनमा २ घन्टा ५५ मिनेट ५८ सेकेडसहित कीर्तिमान बनाएको थियो । उनले यसपटक कान्छीले ५ मिनेट १७ सेकेन्ड समय सुधार गरेकी हुन् ।

आर्मीकी सरिता वासीले ३ घन्टा ११ मिनेट १४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हात पार्दा राजपुरा पचहाईले ३ घन्टा २४ मिनेट ८ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् । उपाधिसँगै कान्छीले ५० हजार र शिल्ड प्राप्त गरिन् । दोस्रो भएको सरिताले २० हजार र राजपुराले १५ हजार रुपैया प्राप्त गरिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको झण्डै ४ हजारको सहभागिता रहेको म्याराथनको उपाधि जितेको होमलालले एक लाख रूपैयाँ पाए । दोस्रो भएका राजनले ५० हजार हात पारे । यस्तै हाफ म्याराथनको महिलातर्फको उपाधि त्रिभूवन आर्मीकै विश्वरुपमा बुढाले जितिन् । उनले एक घण्टा १० मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । एक घण्टा १२ मिनेट ३५ सेकेण्डमा दूरी पूरा गर्दै पुष्पा भण्डारी तेस्रो भइन् ।

हाफ म्याराथनको पुरुष तर्फको स्वर्ण पदक एपीएफका गोपीचन्द्र पार्कीले जिते । उनले निर्धारित दूरी एक घण्टा सात सेकेण्डमा पार गरे । आर्मीका रामजी बस्नेत दोस्रो भए । रामजीले एक घण्टा २१ सेकेण्ड लगाएका थिए । एपीएफका सन्तोष विक्रम विष्ट तेस्रो भए । सन्तोष रामजी भन्दा एक सेकेण्डले पछि परेका थिए ।

यस्तै ह्वील चेयर विधामा पुरुषतर्फ पुरुषतर्फ कृष्णराज चौधरी र महिलातर्फ यामी झाँक्री मगर पहिलो भए । पुरुषको पाँच किलोमिटर दौडमा अमित यादव पहिलो भए भने मिलन कार्की दोस्रो र जितेन्द्र दनुवार तेस्रो भए । पाँच किलोमिटरको महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, सानुमाया दोस्रो र फूलमती राना तेस्रो भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७