वायरलेस इन्टरनेट सञ्चालन


२१ आश्विन २०७५, आईतवार
wifi

दार्चुला, २१ असोज । दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ ।

wifi

गाउँपालिकाले चालु आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो ।

गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्थानीय सरकार गठन भएको डेढ वर्षसम्म पनि नेपाल टेलिकमको इन्टरनेट सेवा गाउँमा पु¥याउन नसकिएपछि निजी इन्टरनेट सेवा प्रदायक कम्पनीसँग सहकार्य गरेर इन्टरनेट जडान गरिएको उनको भनाइ थियो ।

गाउँपालिकाका सबै वडामा इन्टरनेट पुर्‍याउने लक्ष्य रहे पनि अहिलेलाई गाउँपालिका कार्यालय, वडा नं २ र विषयगत कार्यालयमा इन्टरनेट जडान गरिएको छ । गाउँपालिका अन्य वडामा विस्तार गर्दै लैजाने तयारी रहेको अध्यक्ष कार्कीले बताए ।

विगतमा इन्टरनेट अभावमा सिडिएम मोडिएमबाट कामकाज हुँदै आएकामा वायरलेसहितको इन्टरनेट जडानपछि काममा सहज हुने गाउँपालिकाका नायब सुब्बा राजेन्द्र बहादुरसिंहले बताउँछन् । उनले अहिले गाउँपालिकाका कर्मचारीले खुला चौरमा बसेर वाइफाई चलाउन पाएका छन् ।

यसअघि उक्त प्रालिले दार्चुलाको अपी हिमालमा समेत इन्टरनेट जडान गरिसकेको छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पुगिने अपी हिमाल गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी र वडा नं ४ मा इन्टरनेट जडान गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । ‘भौगोलिक रुपमा गाउँपालिकाका सबै वडामा इन्टरनेट पुर्‍याउन चुनौती छ’, उक्त प्रालिका दार्चुला प्रतिनिधि राजेन्द्रसिंह धामीले भने ।

एक वडाबाट अर्काे वडासम्म कनेक्सन गर्न समस्या छ । डाँडाकाँडाले घेरिएको ठाउँ भएकाले पनि एक टावरबाट अर्को टावरमा कनेक्सन गराउँदै इन्टरनेट पुर्‍याउनुपर्ने बाध्यता छ । स्थानीय तहले लगानी बढाउन सके अप्टिकल फाइबरमार्फत दु्रत गतिमा इन्टरनेट सबै गाउँपालिकामा सजिलै पु¥याउन सकिने उनको भनाइ थियो ।

उक्त प्रालिले दार्चुलाको मालिकार्जुन, लेकम, गाउँपालिका, बैंकिङ क्षेत्र तथा विद्यालयमा इन्टरनेट जडान गरेको थियो भने महाकाली नगरपालिकाका विभिन्न विद्यालय र संघसंस्थामा शिखर नेट जडान गरिएको छ । जिल्लामा इन्टरनेट सेवा प्रदायकका रुपमा नेपाल टेलिकम मात्रै छ । टेलिकमले सदरमुकाम खलङ्गा क्षेत्रमा मात्र इन्टरनेट सेवा दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७