ओप्पोको दसैँतिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ योजना


२१ आश्विन २०७५, आईतवार
1538915131Best Dashain Gift Campaign 1

काठमाडौं, असोज २१ । सेल्फी एक्स्पर्ट ओप्पोले दशैँ तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ ।

ओप्पोका कुनैपनि फोनको खरिदमा आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ।पहिलो पुरस्कारका रुपमा सिंगापुर ट्रिप, दोस्रो ओप्पो एफनाइन, तेस्रो ३२ ईञ्च एलइडी टिभी, चौथो वुफर र पाँचौ पुरस्कारका रुपमा ओप्पो ब्याग रहेको छ। साथै, तीन जनाले ओप्पो नेपाल आयडल –२ ग्राण्ड फिनालेका लागि पास जित्ने छन्।

ओप्पोको खरिदमा एक थान ‘लक्कि ड्र’ कुपन उपलब्ध गराइने छ। कुपनको अर्धकट्टी संकलन गरी दुई पटक गोलाप्रथाबाट छनोटमा परेका विजेतालाई उपहार प्रदान गरिने छ।पहिलो गोलाप्रथा नोवेम्बर ५मा र दोस्रो डिसेम्बर ५मा हुने छ । क्याम्पेन अवधिभर ओप्पो खरिद गरी उपहार योजनामा सहभागी हुन सकिने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७