राष्ट्रिय महिला भलिबल मंगलबारदेखि


२२ आश्विन २०७५, सोमबार
volleyball 1

वागलुङ, २२ असोज । नेपाल भलिबल संघको आयोजनामा २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ ।

volleyball 1

गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करीब २० लाख खर्च हुने अनुमान छ । गलकोट नगरपालिकाले आठ लाख, गलकोट सेवा समाज जापानले दुई लाख ५० हजार उपलब्ध गराएको छ ।

अन्य निकाय, संघसंस्था र व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको छ । शुरुमा नेपाल भलिबल संघले खेल सामग्री र नगद एक लाख जिल्ला संघलाई प्रदान गरेको थियो ।

‘प्रतियोगिताले व्यावसायिक खेलको प्रवद्र्धन हुनेछ’, अध्यक्ष श्रीसले भने, ‘खेल पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’ प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई राष्ट्रिय टिमको तयारीमा राखिने नेपाल भलिबल संघले जनाएको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सटर र ब्लकरलाई पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय खेल भलिबल सञ्चालन गर्न पाउनु सुखद अवसर भएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । गलकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ । खेलाडी, प्रशिक्षक र टिमका पदाधिकारी गलकोट पुगिसकेका छन् । पहिलो पटक सदरमुकाम बाहिर राष्ट्रियस्तरको खेल प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७