नेपाल चौथो जीतको खोजीमा, १२ वर्षपछि भूटानसँग भिड्दै


२३ आश्विन २०७५, मंगलवार
Nepali Cricket Team

काठमाडौं, २३ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज (मंगलबार) नेपालले भूटानसँग खेल्ने छ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ ।

Nepali Cricket Team
फाइल फोटो

नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जीत निकाल्न गाह«ो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ ।

एक खेलमा जीत निकालेको भूटान दुई खेलमा पराजित भइसकेको छ । नेपालले तीन खेलबाट ६ अंक जोडेको छ । भूटान तीन खेलबाट दुई अंकका साथ पाँचौ स्थानमा छ ।

नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनु परेको छैन । नेपालले भूटानविरुद्धको पाँच खेलमा चारमा जीत तथा एउटा खेल वर्षाका कारण नतिजाबिहीन बनेको थियो । नेपाल १२ वर्षपछि भूटानसँग खेल्न लागेको हो ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् ।

मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट र व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले बुधबार चीन र शुक्रबार अन्तिम खेल सिङ्गापुरसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७