सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो बनाउनुपर्छ : देव गुरुङ


२३ आश्विन २०७५, मंगलवार
dev gurung

बेंसीसहर, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संघीयता बलियो बनाउन स्थानीय तह बलियो बनाउनुपर्ने बताएका छन् ।

मङ्गलबार नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती लमजुङद्धारा यहाँ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने बताएका छन् ।

उनले दैनिक सुशासन/जनसेवा परिचालन तथा जनताको अधिकार घरदैलोमा पु¥याउन स्थानीय सरकारको परिकल्पना गरिएको बताए ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले गुनासोअनुसार कर्मचारी समायोजनको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिए । सङ्घीयता बलियो बनाउन स्थानीय तह बलियो हुनुपर्ने उनको तर्क रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७