ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटबीच सम्झौता


२३ आश्विन २०७५, मंगलवार
Fullscreen capture 100918 062135 PM M3vTfYIdSD

पोखरा, २३ असोज। ग्लोबल आइएमई बैंक र पोखरा महानगरपालिका २६ कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटलबीच स्वस्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

Fullscreen capture 100918 062135 PM M3vTfYIdSD

बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७