सिटिजन्स बैंक र क्लिनिक वनबीच सहकार्य


२३ आश्विन २०७५, मंगलवार
Fullscreen capture 100918 013624 PM k0WpgOr34T

काठमाडौं,२३ असोज। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन जावलाखेलबीच बैंकका ग्राहकवर्गलाई क्लिनिकको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Fullscreen capture 100918 013624 PM k0WpgOr34T

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघु बिक्रम राणाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले क्लिनिक वनमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा बिशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७