नेपालद्वारा चीन २ ओभरमै १० विकेटले पराजित


२४ आश्विन २०७५, बुधबार
Nepali Cricket china sanga

काठमाडौँ, २४ असोज । आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८मा नेपालले पाँचौं जित हात पारेको छ । चीनले नेपाललाई दिएको २७ रनको झिनो लक्ष्य विना विकेटको क्षतिमा नेपाल १.५ ओभरमै २९ रन बनाउँदै जित हात पारेको हो ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो। त्यस्तै मंगलबार भएको चौंथो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो।

नेपालका लागि विनोद भण्डारीले ८ बलमा २४ रन र प्रदीप ऐरीले ३ बलमा ४ रन बनाए । १ रन बाइड बल भएको थियो ।

यसअघि मलेसियाको वायुमस ओभल मैदानमा जारी खेलमा हारेर पहिला ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो। चीनका लागि ओपनिङ ब्याट्सम्यान होङ जियाङ यानले सर्वा्धिक ११ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

चीनलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए ।

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन्। नेपाल समूहको शीर्षमा कायमै छ । भने दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान बनाउनेमा नेपाल र सिंगापुर छनोट भएसँगै मलेसिया र थाइल्यान्डमध्ये एक टोलीको छनोट सम्भावना जीवित छ ।

कुवेत, युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।

लगातर ४ जितपछि समान ८ अंक जोडेका नेपाल र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ५ अंक जोडेका आयोजक मलेसिया र थाइल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने समान २ अंक जोडेका भुटान र म्यानमार चौथो र पाँचौं स्थानमा छन्। अंकविहीन चीन अन्तिम स्थानमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७