एसियाकप क्रिकेटः अफगानिस्तानसँग टस हारेर नेपाल ब्याटिङमा( live)


१ मंसिर २०७४, शुक्रबार
nepal criket

काठमाडौं:  यू-१९० एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल सुरु भएको छ ।U 19 cricket 1

अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा खेल नेपाली समयअनुसार बिहान ७स्१५ बजेदेखि खेल सुरु सुरु भएको हो ।

समूह चरणमा पहिलो पटक भारतलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्ने पक्का छ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ ।

https://www.youtube.com/watch?v=UURITkQd5a8

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । आइतबारको खेलमा नेपालसँग पराजित भएको डिफेन्डिङ च्याम्पियन भारत मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछिसमूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल र अफगानिस्तानका युवा टिम अहिलेसम्म ९ पटक आमनेसामने भएका छन्। ९ मध्ये अफगानिस्तानले ६ खेल जितेको छ। बाँकी ३ खेल मात्र नेपालले जितेको छ। नेपालले पछिल्लो पटक सन् २०११ मा अफगानिस्तानलाई पराजित गरेको थियो। त्यसयता खेलिएका कुनै पनि खेलमा नेपाली युवा टिम पराजित हुँदै आएको छ।

एसीसी अन्डर नाइन्टिन एलिट कप अन्तर्त २००७ मा भएको खेलमा नेपाल ४८ रनले विजयी भएको थियो भने २००९ मा नेपालले ६ विकेटले अफगानिस्तानलाई हराएको थियो। यही प्रतियोगिता अन्तर्गत २०११ मा नेपालले अफगानिस्तानलाई समूह चरणमा ६ विकेटल हराउँदा फाइनलमा भने ६१ रनले पराजित भएको थियो।

यस्तै एसीसी अन्डर नाइन्टिन प्रिमियर लिगमा नेपाल र अफगानिस्तान दुई पटक खेल्दा दुबै पटक अफगानिस्तान विजयी भएको छ ।

२०१४ मा भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने २०१५ मा १० विकेटको भारी अन्तरले हार्न पुगेको थियो।आइसीसी अन्डर नाइन्टिन विश्वकप छनोट अन्तर्गत २०११ मा नेपालले अफगानि टिममाथि ४२ रनको जित निकाल्दा २०१७ मा खेलिएका दुबै खेलमा हारेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७