वामदेवको खर्चिलो रहर : एक निर्वाचन क्षेत्रमै राज्यको ११ करोड खर्च हुने


२४ आश्विन २०७५, बुधबार

काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता वामदेव गौतम संसद छिर्ने कुराले अहिले नेपाली राजनीति वृत्तमा चर्चा र तरङ्ग सिजर्ना गरेको छ ।

Bamdev Gautam

गौतमका लागि काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले बाटो खुला गरिदिए पनि गौतमले झेल्नु पर्ने अबको अवस्था कम चुनौतिपूर्ण भने छैन ।

मध्यम पकड रहेको र परिस्थिति प्रतिकूल अवस्थामा गौतमले संसद छिर्न गरेको यो रहर उनको लागि मात्र बोझिलो छैन, राज्यका लागि समेत निकै बोझिलो हुने निश्चित छ ।

पछिल्लो पटक निर्वाचन कानून बन्दा आयोगले शर्त राखेको थियो–दुई क्षेत्रबाट चुनाव लड्ने हो भने खाली हुने स्थानको उपनिर्वाचन खर्च सोही दलले ब्यहोर्नु पर्छ । निर्वाचन आयोगको उक्त शर्तपछि त्यो प्रचलन अन्त्य भयो । संविधान जारी भएपछिको निर्वाचनमा कोही पनि ब्यक्ति दुई स्थानको उमेद्वार हुनै पाएनन ।

तर, त्यही चुनावमा पराजित नेकपा नेता वामदेम गौतमका लागि उपनिर्वाचन गराउनुपर्ने सम्भावना बढेको छ । त्यो पनि राज्यको खर्चमा । पछिल्लो निर्वाचन खर्चको औषत हेर्दा एक निर्वाचन क्षेत्रमै ११ करोड हाराहारी खर्च भएको छ ।

अब गौतमका लागि गनुपर्ने निर्वाचन खर्चका बारेमा निर्वाचन आयोग, सम्बन्धित दलहरु कसरी प्रस्तुत होलान् भन्ने कुरा अहिले सर्वसाधरणको चासोको विषय बनेको छ । यत्रो ठूलो खर्च गरेर गरिने उपनिर्वाचनको उपादेयता केका लागि हो भन्ने समेतमा राजनीति क्षेत्रमा बहसको विषय बन्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७