राजेश पायल राईको विहे अन्तिम तयारीमा, को हुन राईको फेसबुकमा सरप्राइज दिने एयर होस्टेज ?


२४ आश्विन २०७५, बुधबार
rajesh payal rai and smarika sth

काठमाडौं, २४ असोज । राजेश पायल राई नेपालका सबैभन्दा चर्चाको भर्सस्टाइल गायक मानिन्छन् । हरेक गीतदेखि फेसनसम्मको बजारमा चर्चा चल्छ ।

rajesh payal rai and smarika sth

उनी चर्चित गायक राजेश पायल फेरि एक फरक कारणले चासो र चर्चामा आएका छन् । त्यो हो–उनले आफ्नो फेसबुक वालमा राखेको सुन्दर युवतीको तस्विर । राजेश पायलले क्यानडा बसेर जेट एयर होस्टेज गरिरहेकी स्मारिका श्रेष्ठको तस्विर पोष्ट गरेपछि अहिले राईका सांगीतिक जगतमा राजेश पायलले शेयर गरेको तस्विरलाई लिएर अड्कलबाजीहरु शुरु गरिएको छ ।

विगतमा महानायक राजेश हमालले विहे गरेपछि तत्काल आफ्नो पालो आउने बताउँदै आएका राजे पायल महानायकको विहेपछि आफ्नो विहेको पालो आउने वाचाबाट चुके ।

त्यसपछि सुस्ताएको राजेश पायलको विहेको चर्चा उनले पोस्ट गरेको सुन्दर युवतीको तस्विरसँगै फेरि बढेको छ । अहिले राजेशलाई नजिकका शुभचिन्तकहरुले उनको पोस्टबारे जिज्ञासा समेत जनाइरहेको बताइएको छ ।

राजेश पायलले आफ्ना शुभचिन्तकहरुलाई अब चाँडै विहे गर्ने मुडमा आफू रहेको बताइरहेका बेला उनले पोस्ट गरेको यो सुन्दर तस्विर कतै उनको मुडलाई सफल बनाउने परी त होइनन् ? भन्ने अनुमान हुन थालेको छ । राजेश पायलले मात्र होइन एयरहोस्टेज स्मारिका श्रेष्ठले पनि राजेश पायल राईको तस्विर आफ्नो वालमा राखेकी छन् ।

rajesh payal rai profile

जसले गर्दा पनि राजेशले कतै विहेको तयारीलाई अन्तिम क्षणमा त पुर्‍याइरहेका होइनन् भन्ने शुभचिन्तकको शंका र अनुमानलाई बल पुर्‍याई दिएको छ । राजेश पायललाई पटक–पटक सञ्चारकर्मीहरुले उनको विहेको विषयलाई उठाउँदै विभिन्न प्रश्नहरु तेर्स्याउने गरेका छन् । तर, उनले विभिन्न वहाना बनाउँदै विहेको कुरालाई तर्काउँदै आएका छन् । 

राजेश हमालको विहेपछि विहेको वहानाबाट आफूलाई जोगाउन कठिनाइ भोगिरहेका राजेश पायलले आखिर यति सुन्दर एयर होस्टेजकै लागि यतिका वर्ष कुरेका हुन् त ? अनि सञ्चारकर्मीका सयौं प्रश्नहरुको सामना गर्दै आएका हुन् त ? भन्नेसम्मको चर्चा अहिले बजारमा चल्न थालेको छ ।

smarika sth cover

राजेश र स्मारिका दुबैले एक अर्काको तस्विर वालमा राखेर नेपाली सांगीतिक जगतमा ‘सरप्राइज’ सिर्जना गराइरहेका बेला हामीले गायक राजेश पायललाई सोध्यौं, ‘तपाईले फेसबुकमा राख्नु भएको तस्विरले त निकै ठूलो तरङ्ग ल्याइरहेको छ नि ? तपाईको जीवनमा एयर होस्टेज प्रवेशको तयारी हो ?’ फर्साइला राजेशले हाँस्दै भने, ‘होइन त्यो तस्विरले त्यति तहल्का मचाइसक्यो ? अहिलेसम्म उनी मेरो फ्रेण्ड मात्र हुन् । त्यहाँ भन्दा अगाडि सोचेंको छैन ।’

उनले भने, ‘त एउटा कुरा चाँहि पक्का हो, मेरो विहेको अन्तिम तयारी भइरहेको छ ।’ पटक–पटकको सञ्चारकर्मीको विहेको प्रश्नलाई फर्साइसकेका राजेश पायल यति भनेर मज्जाले हाँसे, हाँ हाँ हाँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७