बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरालाई जन्मकैद, १९ जनालाई मृत्युदण्ड


२४ आश्विन २०७५, बुधबार
1539169112Tarique Rahman 11a

काठमाडौं, २४ असोज । बंगलादेशको पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेतृ बेगम खालिदा जियाका छोरालाई बुधबार जन्मकैद सुनाइएको छ ।

1539169112Tarique Rahman 11a
तारिक रेहमान

वंगलादेशको विशेष अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि बम आक्रमणको घटनामा संलग्न रहेको आरोपमा जियाका छोरा तारिक रहमानलाई यो सजाय सुनाएको हो ।

रहमान विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष हुन् ।
उनका पिता जियाउर रहमानले सन् १९७१ मा बंगलादेशलाई सैनिक मेजर हुँदा स्वतन्त्रता सेनानी शेख मुजीबुर रहमानको आदेशमा स्वतन्त्र घोषणा गरेका थिए ।

पछि उनी सैनिक जर्नेल हुँदै उक्त मुलुकको सातौं राष्ट्रपति बनेका थिए । सन् १९८१ मा सेनाबाटै उनको हत्या भएको थियो ।
बंगलादेशमा हालकी प्रधानमन्त्री मुजीबुर रहमानकी छोरी हुन् भने प्रमुख विपक्षी बेगम उनै जियाउरकी श्रीमती हुन् ।

भ्रष्टाचार मुद्दामा गत फेब्रुअरीदेखि आमा जियालाई कैद गरिएपछि बेलायतमा शरण लिइरहेका रहमानमाथि पनि यो सजाय सुनाइएपछि यसै डिसेम्बरमा घोषणा गरिएको आम निर्वाचनमा विपक्षी पार्टीको अवस्था झनै नाजुक बनेको छ । रहमानले लण्डनबाटै निर्वाचनको तयारी गर्दै आएका थिए ।

१४ वर्षअघिको यसै घटनाका दोषी बताउँदै रहमान बाहेक १९ जना अन्यलाई भने अदालतले मृत्युदण्ड नै सुनाएको छ । उनीहरु अधिकांश विपक्षी पार्टीकै नेता कार्यकर्ता हुन् । जसमध्ये एक जना लुतफुज्जामान बाबर कनिष्ठ गृहमन्त्री रहिसकेका छन् ।

फैसलाको जानकारी सरकारी वकिल मुसर्रफ हुसेनले दिएका हुन् । हुसेनले सरकार यो फैसलाबाट पनि असन्तुष्ट रहेको र अन्य जस्तै रहमानलाई पनि मृत्युदण्ड माग्दै सर्वोच्च अदालत जाने तयारीमा रहेको जानकारी दिए ।

सन् २००४ को एउर्टा यालीमा हसिनाले भाषण गर्ने वितिकै गरिएको ग्रिनेड आक्रमणमा २४ जनाले ज्यान गुमाएका थिए। त्यस घटनामा पाँच सयजना भन्दा बढी घाइते भएका थिए। मृतक र घाइतेमध्ये अधिकांश बर्तमान सत्ताधारी र उतिबेलाको विपक्षी दल अवामी लिग पार्टीसँग आवद्ध थिए ।

अदालतले दिएको यो फैसला सरकारको इच्छा बमोजिम भएको आरोप बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले लगाएका छन् । ‘हामी यो फैसला अस्वीकार गर्छौं,’ महासचिवले पत्रकारहरुसँग भने । अदालतको फैसलालाई चुनौती दिइने जानकारी पार्टीका वकिल सनाउल्लाह मियाँले दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७