तस्बिरमा पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण कार्यक्रम
काठमाडौँ, २४ असोज । बुधबार (२४ असोज २०७५) ताप्लेजुङको प्रसिद्ध पर्यटकीय स्थल पाथीभाराको सद्भावनादूतहरुलाई परिचयपत्र गरियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस नेता डा. शेखर कोइराला नेकपा नेता तथा ताप्लेजुङबाट विजयी प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी लगायतको उपस्थीतिमा परिचयपत्र वितरण गरिएको हो ।
पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा ताप्लेजुङका अगुवा लगायत बिभिन्न क्षेत्रका अगुवाहरु उपस्थीत थिए । हेर्नुहोस् कार्यक्रमका तस्बिरहरु ः