शहीद स्मारक ‘ए’ डिभिजन : फ्रेण्ड्स र थ्री स्टार भिड्ने


२५ आश्विन २०७५, बिहीबार
a division lig

काठमाडौं, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ ।

a division lig

आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदान सातदोबाटोमा हुनेछ ।

यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो

लिगका खेल तेह्र चरणसम्म खेलाइने छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौं सात लाख र छैटौँले पाँच लाख पुरस्कार पाउने छ ।

फेयर प्ले टिमले एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कार प्रदान गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७