फिल्म जुभेनायलको ट्रेलर र गीत सार्वजनिक (भिडियोसहित)


१ मंसिर २०७४, शुक्रबार
juvenile trailer

काठमाडौँ : शवनम मुखिया निर्देशित फिल्म ‘जुभेनायल’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी ट्रेलर र गीत सार्वजनिक गरेको हो ।

juvenile trailer
पत्रकार सम्मेलनमा निर्देशक मुखियाले फिल्म स्कुल तथा कलेजहरूका युवायुवतीलाई लक्षित गरी बनाएको बताइन । उनले शुक्रवारदेखि बागबजारको सिटी म्याक्स हलमा च्यारिटी सो गर्ने पनि जानकारी दिए ।
फिल्मको ट्रेलरसँगै ‘जुनतारा…’ बोलको गीतको भिडियोसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । माधव पौडेल निर्माण गरेको फिल्म ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको ब्यानरमा बनेको हो ।


फिल्ममा वरिष्ठ कलाकार रवि गिरी, मोहन चाम्लिङ राई, विद्या कार्की, शारदा गिरी, गीता अधिकारी, डा.घनश्याम खतिवडा, कुमार गजुरेल, सञ्जना तिमल्सिना, माधव पौडेल, ओमकृष्ण भण्डारी, विष्णुप्रसाद कोइराला, सविन कटुवाल, उज्ज्वल पौडेल, जगदीश अधिकारी, निशा थापा, उज्ज्वल अधिकारी, ओम खतिवडा, कवि राई, चन्द्र थापा, प्रेम कार्कीलगायतको अभिनय रहेको छ ।
त्यस्तै सन्तोष श्रेष्ठ र नितेशजंग कुँवरले सङ्गीत दिएको गीतमा युवराज चौलागाईं, भूपू पाण्डे, नितेशजंग, एन्जेला रेग्मी र भूमिका सुब्बाले स्वर दिएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७