चिनीको अस्वभाविक मूल्यवृद्धिबारे छानविन गर्न अख्तियारलाई सिफारिस


२५ आश्विन २०७५, बिहीबार
sifa

काठमाडौं, २५ असोज । चाडवाडको मुखमा चिनीमा भएको अस्वाभाविक मूल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिने भएको छ ।

sifa

संघीय संसद–सार्वजनिक लेखा समितिको उपसमितिले चिनीको अस्वभाविक मूल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न समितिलाई सुझाव दिएको हो ।

गत विहीबार बसेको बैठकमा सांसदहरूले चिनीमा कालोबजारी बढेको भन्दै छानबिनको माग गरेपछि समितिले उपसमिति गठन गरेको थियो।

सरकारले आयातमा बन्देज लगाएपछि व्यापारीले मनलाग्दी चिनीको भाउ बढाएको उनीहरुको आरोप छ । त्यसैगरी चिनीको परिमाणात्मक बन्देज हटाउन पनि उपसमितिले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७