दशैंमा टेलिकमको ५ अफर, सस्तो प्याक, डाटादेखि बोनससम्म


२५ आश्विन २०७५, बिहीबार
Nepal Telecom 1

काठमाडौं, २५ असोज । घरमा इन्टरनेट नभएकाहरुलाई डाटाबाट नेट चलाउनु निकै खर्चिलो हुन्छ । तर, अब यो चिन्ता हराउने भएको छ ।

Nepal Telecom

नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका विभिन्न सेवाहरुमा छुटदेखि बोनससम्मका अफर घोषणा गरेको छ । नेपाल टेलिकटले दशैंको अवसरमा विभिन्न ५ अफर आफ्ना सेवाग्राहीलाई दिंदैछ ।

अनलिमिटेड प्याक–यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६ सय रुपैंयाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ ।

सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ ।

सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३०० मा समेत उपलब्ध हुनेछ । सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ ।

भ्वाइस प्याक–यस अन्तर्गत ६ रुपैंयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

डाटा प्याक–यस अन्तर्गत ३६ एमबी डाटा ६ रुपैंयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ ।

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले ८ज्ञद्धज्ञछ८ढ३ डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

रिचार्जमा बोनस–आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १०० र २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ ।

रु. १०० र २०० को बोनस ३ दिन भित्र र रु. ५०० र १००० को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

एडीएसएल–एफटीटीएच र वाइम्याक्सतर्फ–आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल–एफटीटीएच र वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचालु भइरहने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७