साथीले नै गराइन् साथीमाथि सामुहिक बलात्कार, मन्दिरकै अगाडि रातभर बलात्कार


२५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । ‘गाँस छुटोस् तर, साथ नछुटोस्’ भन्ने उखान निकै चल्तीको उखान हो । तर, यो उखान विपरीत साथीको भर पर्दा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् ।

Rape

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक १३ वर्षीया किशोरी साथीकै सहयोगमा सामुहिक बलात्कारको शिकार बनेकी छन् । स्थानीय एक विद्यालयमा कक्षा–६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर–९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले जानकारी दिएका छन् । पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई बस्तीभन्दा टाढा जङ्गलमा रहेको मन्दिरसम्म लगेकी थिइन् ।

घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै संरक्षकले प्रहरीलाई खबर गरेका थिए । एक्कासी भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिक्षिप्त अवस्थामा भेटिइन् । उनले आफूमाथि सामुहिक बलात्कार भएको परिवारलाई बताइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जङ्गलमा लगेर घरेलु मादक पदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७