मीरा राईलाई अमेरिकामा ‘गेम चेन्जर ‘ अवार्डबाट सम्मानित


२५ आश्विन २०७५, बिहीबार
mira rai

काठमाडौं, २५ असोज । विश्व प्रसिद्भ अल्ट्रा ट्रैल धाविका मीरा राईले अमेरिकामा ‘गेम चेन्जर अवार्ड २०१८’ पाएकी छन् ।

43618836 940082582859158 4656821065236873216 n

मंगलबार न्युयोर्कको लोअर म्यानहटनस्थित सिप्रीयानीमा आयोजित एक समारोहमा एशिया सोसाईटीले रार्इलार्इ उक्त अवार्डले सम्मान गरेको हो ।  एशियामा असाधारण काम गर्ने नौ व्यक्तिहरू मध्ये मीरा परेकी हुन्। मीराले अनेकौं किर्तिमानहरु कामय गरी विश्वका दशौं लाखलाई प्रेरित गरेको भन्दै सम्मान गरिएको हो ।

mira

मीरासँगै थाइल्यान्डको बाढी गुफाबाट युवाहरुको उद्दार गर्ने टिम, अमेरिकी टेक्नोलोजीमा भाग लिने अफ्गान केटी, जापानको सुनामीमा र फुकुशिमामा ध्वस्त आणविक उद्दार गर्ने टोली, पेप्सिकोकी अध्यक्ष इन्द्र नुयि, चीनका वातावरण अभियन्ता वाङ सी, चिकित्सक डा.मुन्जेद अल मुडेरिस, सिरियाका सेतो हेल्मेटमा रहिद सले, सङ्गीतका कुलुलामको सम्मानित भएका छन् ।


मीराले सन् २०१५ मा फ्रान्सको मोन्ट ब्लन्कमा ८० किलोमिटर दौडतर्फ विश्व किर्तिमान राखेकी छन्। उनी नेसनल जोग्राफिक एडभेन्चर अफ द इयर अवार्डबाट समेत सम्मानित भइसकेकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७