बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा विस्तार

बाँके, २५ असोज । एन आई सी एशिया बैंकले बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

त्रिभुवन चोक शाखाको बंैकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले उद्घाटन गरे ।

योसँगै बैंकको शाखा संख्या २६१ पुगेको छ । भने २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्